पढाई छाडेर बिरालाका बच्चाहरु स्याहार्दै सुन्दरी
(एजेन्सी) विश्वविद्यालय छाडेपछि हेनान शाले आफ्नो जीवन बिरालाका बच्चाहरुलाई स्याहार गर्नका लागि समर्पित गरिन् । २८ वर्षिय शा आजकल आफूलाई बिरालाका नयाँ बच्चा स्याहार गर्ने योद्धाका रुपमा लिन्छिन् । वासिंगटन डिसीमा जन्मिएकी उनले पछिल्ला ८ वर्षमा उनले यसरी सयौँ बिरालाका बच्चाहरुलाई जोगाएकी छिन् । १२ वर्षको उमेरबाटै उनको मोह जनावरप्रति थियो । उनले त्यसपछि मासु खान छाड्ने निर्णय लिइन् । त्यसपछि उनी थुप्रै अभियानहरुमा सहभागि भएर जनावारलाई जोगाउन सक्रिय रहिन् । रुखबाट खसेको एउटा सानो बिरालोको बच्चालाई बचाएपछि उनलाई बिरालोले आर्कषित गर्यो । त्यसपछि उनी पछिल्ला ८ वर्षदेखी बिरालाका बच्चाहरुलाई बचाउन र उनीहरुलाई हुर्काउन लागेकी छिन् । उनले त्यतिबेला बचाएको बिरालोको बच्चालाई आफ्रै पालिन् । त्यतिबेला उनले बनाएको कोको ठूलो हुदैँ गयो । उनले बिस्तारै अन्य बच्चाहरु फेला पार्दै गइन् । बिस्तारै उनलाई अरुले पनि बिरालाका बच्चाहरुका विषयमा सुचना दिन थाले । उनी त्यस्ता बच्चाहरु खोज्दै हिड्ँन थालिन् । सार्वजनिक विद्यालयमा काम गर्दा उनलाई यसरी बच्चाहरुलाई बचाउन मुस्किल हुने गरेको थियो । बिरालाका बच्चाहरुको प्रत्येक घण्टामा ख्याल गर्नुपर्ने भएका कारण सुरुआती दिनमा समय मिलाउन कठीन थियो । कहिलेकाँही बेवारिसे बच्चालाई पालेको अनुभव मानिसहरुलाई भएपनि ति बच्चाहरु आमाबाट छुट्नुपर्दा दुखित हुनसक्ने उनको अनुभव छ । त्यसैले उनी आमाले छाडेका बच्चाहरुलाई मात्रै यसरी स्याहार गर्न अरुलाई आग्रह गर्छिन् । उनी अहिले बिरालाका बच्चाहरुको संरक्षण अभियानमा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण