१ सय ५० वर्षसम्म बाँच्ने भन्दै ३ वर्षदेखि पानी नपिउने व्यक्ति
(एजेन्सी) हामी धेरैलाई लाग्छ बाँच्नका लागि पानी पिउनु अनिवार्य छ । तर एक व्यक्तीले तीन वर्षसम्म पानी नपिई बाँचेको रहस्य खुलेको छ । उनले यो तीन वर्षको अवधिमा अरु कुनै पेय वा तरल पर्दाथ पिएनन् । पिटर फिलाक रजिस्टर नर्स हुन् । उनी अहिले वेभक्यामका मोडल छन् । उनले मेइ ५ सन् २०१२ मा अन्तिमपटक पानीको घुट्का पिएका थिए । पानी वा अन्य पेय पर्दाथ नपिउने पिटर पर्याप्त मात्रामा फलफूल र तरकारी खान्छन् । उनले आफ्नो वेभसाईटमा मोर एप्पल्स अ डे भनेर लेखका छन् । उनी पानी सफा गर्नका लागि प्रयोग गरिने केमिकलहरु आफ्ना शरीरका लागि घातक साबित हुने बताउँछन् । २६ वर्षिय पिटर निकै स्वस्थ छन् । निकै सानो उमेरबाटै शिक्षा लिन सुरु गरेका पिटरले कहिल्यै रक्सी र ड्रग्स भने सेवन गरेनन् । उनी बिस्तारै शाकाहारी बन्दै गए । उनको यस्तो निर्णयबाट आमा बाबु निकै निराश थिए । अहिले उनका बाबु आमा पनि शाकाहारी भइसकेका छ । उनले १ सय ५० वर्षसम्म बाँच्ने अभिलाषा राखेर पानी पिउन छाडेका हुन् । पानी नखाएपनि उनी तरकारी र फलफूलबाट मात्रै ८ सयदेखी १ हजार क्यालोरीसम्म डाइट लिन्छन् । उनी फलफूल र तरकारी पनि काँचै खान्छन् । त्यसैले किचेनमा समय बिताउनुपर्ने आवश्यकता नै उनका लागि छ्रैन् । उनले आफूूलाई काँचै खाने बानी परेपनि अन्यलाई यस्तो गर्न सुझाव भने दिएका छैनन् । खानाका लागि मानिस आफ्नो रोजाईमा स्वतन्त्र रहने उनको बुझाई छ । तर, डाक्टरहरु भने उनको यो प्रयास घातक हुन सक्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध दायर रिटमा सुनुवाइ हुँदै
-
६ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन
-
डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन
-
कङ्गोमा एक हजारभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
-
इरान युद्धलाई असफल ठान्छन् अधिकांश अमेरिकी
-
पौवादुङमा गाउँपालिकाले बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण