बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

छोरीलाई घुमाउन घर र कम्पनी बेच्ने बाबु

मङ्गलबार, २४ कात्तिक २०७२, १६ : ४४
मङ्गलबार, २४ कात्तिक २०७२

(एजेन्सी) आफ्नो सन्तान भनेपछि माया नगर्ने को हुन्छ र ? तर, चीनका एक व्यवसायी आफ्नी छोरीलाई यति माया गर्थे उनले छोरीको रहर पुरा गर्न घर र कम्पनी बेचेका छन् । घर र कम्पनीको शेयर बेचेबापत प्राप्त ३ लाख अमेरिकी डलरले उनी अहिले आफ्नी दुई वर्षिया छोरीसँगै विश्व भ्रमणमा छन् । झू चुनसिआयो भन्छन्, ‘यदी मैलेँ अहिले उनीसँग समय बिताइन भने भोली उनी ठूलो भइसकेपछि उनीसँगै समय बिताउने मौका गुमाउनेछु ।

कोरियाली मूलका झू पछिल्लो १० वर्षदेखि सांघाईमा बस्दै आएका थिए । सफल व्यवसायि बनेपछि उनले सहज र शान्दार जीवन बिताउँदै आए । तर आफ्नी छोरीलाई वास्तविक विश्व देखाउनका लािग उनले सबै त्याग्ने निर्णय लिए । अब पाँच वर्षसम्म उनी विश्व भ्रमणमा हुनेछन् । उनीहरुले चीनको सेन्जेन प्रान्तबाट गत अगस्टमा आफ्नो विश्व भ्रमण सुरु गरेका थिए । झूले आफ्नी छोरीलाई विभिन्न स्थानीय भाषा संस्कृतिका विषयमा समेत जानकारी गराउन यस्तो भ्रमण सुरु गरेको बताएका छन् । उनले चीनको उत्तरपूर्वी जिलिन प्राप्त पुग्ने क्रममा ९ हजार माइल्स यात्रा गरेका थिए । अहिले चीन भ्रमणमै रहेका दुई बाउछोरी आफ्नो देशको भ्रमण एक वर्षभित्र सकेर बाँकी चार वर्ष अन्य देश घुम्ने योजनामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप