महन्थ ठाकुरलाई भेट्न कांग्रेस नेताहरु निवासमै पुगे
सोमबार, ०७ मङ्सिर २०७२, १२ : २७
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र तमलोपाका अध्यक्ष महन्थ ठाकुरबीच सोमबार विहान मधेस आन्दोलनको विषयमा छलफल भएको छ ।
छलफलका लागि ठाकुरको निवासमै पुगेका कांग्रेस नेताहरुसँग ठाकुरले मधेसको समस्या प्याकेजमै समाधान हुनुपर्ने माग गरेका थिए ।
छलफलको क्रममा ठाकुरले सिमाकन आफूहरुको बटम लाईन भएको भन्दै चाँडोभन्दा चाँडो समाधान खोज्न पहल गर्न कांग्रेसलाई आग्रह गरेका थिए ।
सरकार मोर्चासँग भएका सहमति समेत लागू गर्न तयार नभएकाले परिस्थिति झन जटिट बनेको समेत ठाकुरले आरोप लगाएका थिए ।
सो क्रममा कांग्रेस नेताहरुले मधेसको समस्या चाँडोभन्दा चासो समाधान हुनु आवश्यक रहेको भन्दै आफूहरु त्यसको लागि पहलमा जुटेको बताएका थिए ।
छलफलमा कांग्रेस महामन्त्री प्रकाशमान सिंह र प्रबक्ता दिलेन्द बडूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण