आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सीमांकन विवादलाई संसदीय वा राजनीतिक समितिबाट टुंग्याउने प्रस्ताव

सोमबार, ०७ मङ्सिर २०७२, १३ : ४७
सोमबार, ०७ मङ्सिर २०७२

काठमाडौं– प्रमुख दलका शीर्ष नेताहरुबीच मधेसका आन्दोलनरत मधेसी मोर्चाको मागको सम्बन्धमा छलफल भएको छ । कांग्रेसहितका सत्तारुढ दलका शीर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सीमांकनको मुद्दालाई संसदीय समिति या राजधानीतिक समितिको माध्यमबाट टुंग्याउने प्रस्ताव गरेको छ । यसअघि आयोगबाट सो मुद्दाको टुंगो लगाइने भनिएपनि अहिले मधेसी मोर्चालाई मनाउन लचक हुँदै प्रमुख दलहरुबाट संसदीय समिति या राजनीतिक समितिको प्रस्ताव गरिएको हो । बैठकपछि एमाओवादी अध्यक्ष प्रचण्डले संसदीय समिति वा राजनीतिक समितिबाट सीमांकनको विवाद टुंग्याउने गरि छलफल भएको बताए । बैठकले आन्दोलनकारीको ११ बुँदे मागबारे मधेसी मोर्चासँग छलफल गर्ने तथा फेरि बैठक बसेर साझा धारणा बनाउने निर्णय गरेको छ । यस्तै बैठकमा संविधान संशोधन विधेयक अघि बढाउन समेत दलहरु सहमत भएका छन् । अघिल्लो सरकारले संसदमा संविधान संशोधन विधेयक दर्ता गराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप