सरकारले मधेसमा नश्लवादी चिन्तन र जातीय अहङ्कार प्रदर्शन गर्यो: उपेन्द्र
काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले जनताको न्यायोचित माग र मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, थारु लगायतकाले उठाएका मुद्दाहरुलाई सम्बोधन गर्नुको सट्टा सुरक्षा निकायको प्रयोग गरि दमन गरिरहेको आरोप लगाएका छन् ।
सरकारले लोकतान्त्रिक मुल्य मान्यतालाई समाप्त गर्दै अन्तर्राष्ट्रिय मानवतावादी कानून र मानवअधिकारको घोर उल्लंघन गर्दै नश्लवादी चिन्तन र जातीय अहङ्कार तराई मधेसमा प्रदर्शन गरिरहेको समेत यादवले लगाएका छन् । मधेश आन्दोलन चलेको १०० दिन पुगेको अवसरमा एक विज्ञप्ती जारी गर्दै यादवले विभेदकारी नीति अन्तर्गत सरकारले तराई,मधेश र थरुहटमा जातीय नरसंहार गरिरहेको आरोप समेत लगाउादै त्यसको बाबजुत पनि जनताहरु आफ्नो हक, अधिकार एवं मुक्तिका लागि संघर्षरत रहिरहेको उल्लेख गरेका छन् ।
उनले विज्ञप्तीमार्फत नरसंहारको निन्दा गर्दै आन्दोलन हिमाल र पहाडका जनताको पनि मुक्ति आन्दोलन भएको जिकीर गरेका छन् ।
उनले सरकारले समस्या समाधान गर्नु भन्दा राष्ट्रिय एकतालाई खण्डित पार्ने गरी मधेशी र पहाडे समुदायलाई एक आपसमा लडाउने, भिडाउने र साम्प्रदायिक दङ्गा फैलाउने खालको षड्यन्त्र गरिरहेको आरोप समेत लगाएका छन् । तर सो प्रति सचेत रही सबैले सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकतामा केन्द्रीत हुनुपर्नेमा उनको जोड छ ।
अत्यावश्यकीय सेवामा अवरोध नगर्न आग्रह
यसैबीच यादवले अत्यावश्यकीय सेवामा अवरोध नगर्न आग्रह गरेका छन् । विज्ञप्तीमा भनिएको छ, ‘अतिरिक्त एम्बुलेन्स सेवा, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिई र आवश्यक परेको खण्डमा सहयोग समेत गरिदिनुहुन अनुरोध छ । ’ उनले आन्दोलनका ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । मधेस आन्दोलनमा अहिलेसम्म ४८ जनाको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण