आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

ह्वाइटहाउस अगाडि एकै दिन लाग्यो ‘ब्याकअफ इन्डिया’ र ‘ब्याकअफ नेपाल’को नारा

सोमबार, ०७ मङ्सिर २०७२, १५ : ५५
सोमबार, ०७ मङ्सिर २०७२

न्युयोर्क– अमेरिकामा रहेका नेपाली मधेसी समुदायले मधेस आन्दोलनको क्रममा आन्दोलनकारीको हत्या गर्ने काम सरकारबाट भएको भन्दै ह्वाइट हाउस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले निहत्था जनतामाथि हत्या भएको र त्यसविरुद्व विश्वलाई जानकारी गराउन प्रदर्शनमा उत्रिएको बताउँदै मधेसी भएकै कारण मधेसको माग पूरा नभएको र आफूहरुको चाहना हिमाल पहाड तराईका सबै जनतालाई समान व्यवहार हुनुपर्ने भएको बताए । सो क्रममा उनीहरुले ब्याकअफ भारत होइन ब्याकअफ नेपाल सरकार भन्दै तराईमा भएको दमनको विरोध गरेका थिए ।

https://www.youtube.com/watch?v=_w8NIFVD8RY

विरोधको क्रममा सहभागिहरुले मधेसका जनता पछाडि रहेको र उनीहरुको अधिकार प्राप्तिको  लागि भएको आन्दोलनमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए । सो क्रममा उनीहरुले भारतले नेपालमा अघोषित नाकाबन्दी गरेको विषयको पनि विरोध गरेका थिए । स्मरण रहोस् ह्वाइटहाउसअगाडी अमेरिकमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेकै दिन मधेसीले पनि मधेसीलाई अन्याय भएको भन्दै प्रदर्शन गरेका हुन् ।

सरकारको विरोध गर्दै मधेस आन्द्योलनको पक्षमा मधेसीले प्रदर्शन गरेजस्तै  भारतको नाकाबन्दीको विरोध गर्दै नेपाली समुदायले ह्वाइटहाउसअगाडि विशाल प्रदर्शन गरेका थिए ।

भर्जिनिया, मेरिल्याण्ड, न्यूजर्सी, पेन्सिलभेनिया,न्यूयोर्क,कनेक्टिकट,म्यासाचुसेट्स, जर्जिया, क्यालिफोर्निया, टेक्सास, फ्लोरिडा, नर्थ क्यारोलिना, साउथ क्यारोलिनालगायतका राज्यहरुमा रहेका नेपालीहरु विरोध प्रदर्शनमा सहभागि भएका थिए ।

दुबै प्रदर्शन अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसको उत्तरमा रहेको लाफायत पार्कमा भएको थियो ।

ह्वाइट हाउस अगाडि यसरी लगाइयो ‘ब्याक अफ इन्डियाको नारा’ (फोटो तथा भिडियो) 

  https://www.youtube.com/watch?v=Vi7wBVKz9RI

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप