आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

अमरेशकुमारसहित कांग्रेसका ७ सांसदले भने– आन्दोलनकारीमाथि आतंककारीको व्यवहार भयो

सोमबार, ०७ मङ्सिर २०७२, १६ : २६
सोमबार, ०७ मङ्सिर २०७२

काठमाडौं– नेपाली कांग्रेसका अमरेशकुमार सिंह सहितका ७ सांसदले विगत सय दिन यता तराई–मधेस–थरुहटमा अधिकार र प्रतिनिधित्वको सुनिश्चितताको लागि चल्दै आईरहेको शान्तिपूर्ण आन्दोलनमा व्यापक धरपकड भएको आरोप लगाएका छन् । सप्तरीमा हिजो फेरि प्रहरीको गोली लागेर थप ४ आन्दोलनकारीको मृत्यु र दर्जनौं घाइते भएपछि उनीहरुले एक विज्ञप्ती निकालेर घटनाको विरोध समेत गरेका छन् । सरकार सार्थक संवादबाट समस्या समाधानको साटो आन्दोलनकारीमाथि आतंककारी व्यवहार गर्न उद्दत रहेको आरोप लगाउँदै विज्ञप्तीमा भनिएको छ, ‘ सप्तरी जिल्लाको भारदह, रुपनी र राजविराजमा चार जनाको हत्या र दर्जनौं निर्दोष व्यक्तिहरु घाइते भएकोमा यी बर्बतापूर्ण हत्या र गम्भीर मानवअधिकार उल्लंघनको भत्सर्ना गर्दै न्यायीक छानविन गरी दोषीलाई कारवाहीे र पिडितलाई उचित क्षतिपूर्तिको लागि माग गर्दछौं ।’ विज्ञप्तीमा कांग्रेसका सांसदहरु अमरेशकुमारसहित तेजु लाल चौधरी, सप्तरी–५, सकलदेव सुतिहार, सप्तरी, रामअयोध्या प्रसाद यादव, बारा–१,सर्लाही–६, दिनेश प्रसाद प्रसैला यादव, धनुषा–१, डा. गणेश मण्डल, सिरहा–६, र बुद्धिसागर चौधरी, कैलाली रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप