प्रभु र भारतीय मुथुत फाईनान्सबीच रेमिट्यान्स सम्झौता
काठमाडौं– प्रभु मनि ट्रान्सफर इन्डिया र भारतस्थित मुथुत फाईनान्स लिमिटेडका विच रेमिटान्स कारोबार सम्बन्धी सम्झौता सोमबार सम्पन्न भएको छ । उक्त सम्झौतामा प्रभु मनि ट्रान्सफर ईण्डियाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुसुम लामा र मुथुत फाइनान्स लि. का तर्फबाट चिफ जेनरल म्यानेजर के. आर. बिजीमोनले हस्ताक्षर गरेका हुन् ।
प्रभु मनि ट्रान्सफर इण्डियाले भारतमा रहेका नेपालीहरुको लागि आप्mनै नागरिकता मार्पmत् नेपालमा सर्वसुलभ तरिकाले रकम पठाउन विप्रेषण सेवा प्रदान गर्दै आईरहेको छ । हाल छिमेकी मुलुक भारतको द्धारका र पहाडगञ्ज स्थित प्रभु मनि ट्रान्सफरको आप्mनै कार्यालय र यसका मुख्य एजेण्ट एकोका ३६ सय र जि आई टेक्नोलोजी स्मार्ट सपका ९० हजार आउलेटहरु तथा प्रभु मनि ट्रान्सफका भारतस्थित अन्य एजेण्टहरु मार्फत् सहज रुपमा नेपालमा रकम पठाउने व्यवस्था रहेको छ ।
आज सम्पन्न प्रभु मनी ट्रान्सफर र मुथुत फाइनान्स लिमिटेडविच रेमिटान्स कारोबार सम्बन्धी सम्झौता पश्चात् भारतभर रहेका मुथुत फाईनान्स लिमिटेडका ७हजार शाखा सञ्जालहरुबाट नेपालमा रकम पठाउन थप सहज हुनेछ । यसरी भारतबाट प्रभु मनी ट्रान्सफर मार्पmत् नेपालमा पठाईएको रकम प्रभु बैंक लिमिटेडका ११२ शाखा कार्यालयहरु, प्रभु मनि ट्रान्सफरका नेपालस्थित करिब ७,००० एजेण्टहरु मार्फत् सजिलै सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न सक्नेछन् । साथै, प्रभु मनि ट्रान्सफर मार्फत् भारतबाट नेपालमा पठाएकोे रकम सम्बन्धित व्यक्तिले उपलब्ध गराएको नेपालस्थित प्रभु बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्थाहरु र विभिन्न सहकारी संस्थाहरुमा रहेको खातालगायत प्रभु मनि ट्रान्सफरले निशुल्क वितरण गरेको रुपैयाँ कार्डमासमेत रकम जम्मा हुने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण