आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेस आन्दोलनमा कांग्रेस कार्यकर्ता मारिए

सोमबार, ०७ मङ्सिर २०७२, १६ : ३९
सोमबार, ०७ मङ्सिर २०७२
काठमाडौं– मधेस आन्दोलनका क्रममा हिजो सप्तरीमा मारिएका एक व्यक्ति कांग्रेसले आफ्नो कार्यकर्ता भएको जनाएको छ । कांग्रेसले आज एक विज्ञप्ती जारी गर्दै सप्तरी राजविराजका मृतक ४२ वर्षीय दिलिपकुमार पार्टीको क्रियाशील सदस्य रहेको जनाएको छ । सप्तरीको राजविराज नगरपालिकाको नेता चोक स्थित आफ्नै घरको छतमा बसिरहेको बेला सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाउँदा उनको टाउँकोमा गोली लागेको र उपचारका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिदै गर्दा बाटोमा मृत्यु भएको मुख्यसचिव ऋषिकेश तिवारीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनको निधनप्रति कांग्रेसले दुःख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गरेको छ । साथै घटनाको निन्दा र भत्र्सना पनि गरेको छ । यसैबीच कांग्रेसले घटनाको यथार्थ छानविन गरी दोषीलाई कडा भन्दा कडा कार्वाही गर्न सरकारसँग माग समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप