आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरी र आन्दोलनकारीबीच झडप, आन्दोलन नेतृत्वकर्ताको टाउको फुट्यो

सोमबार, ०७ मङ्सिर २०७२, १७ : ०८
सोमबार, ०७ मङ्सिर २०७२

काठमाडौं– सिरहाको लहानमा प्रहरी र आन्दोलनकारी बीच झडप भएको छ । झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट सो आन्दोलनको नेतृत्वकर्तासहित ५ जना घाइते भएका छन् ।

प्रहरीको लाठी प्रहारबाट आन्दोलनको नेतृत्वकर्ता कृष्णबहादुर यादवसहित ५ जना घाइते भएका हुन् । यादवको टाउकोमा गम्भीर चोट लागेको छ भने उनी अहिले स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् । यस्तै अन्य आन्दोलनकारीको पछि विभिन्न अस्पतालमा उपचार भइरहेको सिरहास्थित रातोपाटी सहकर्मीले जनाएका छन् । मोर्चाले थालेको राजमार्ग केन्द्रीत आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेपछि रुष्ट भएका मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा प्रहार गर्न थालेपछि झडपको उग्र रुप लिएको हो । सो क्रममा प्रहरीले आन्दोलनकारीमाथि लाठी चार्जसहित केहि राउण्ड हवाई फायर समेत गरेको छ ।

प्रहरीले राजमार्ग घेराउ गर्ने क्रममा टाँगेको त्रिपालहरु जलाइदिएको आन्दोलनकारीहरले जनाएका छन् । यसैबीच जिल्लाका निजी र सरकारी विद्यालयका शिक्षकहरुले मधेस आन्दोलनको आन्दोलनको समर्थनमा आज हुलाकी रोड महेन्द्र राजमार्गमा बृहत र्याली समेत निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप