आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यार्थीलाई ग्यास उपलब्ध गराउन नेवि संघको माग

सोमबार, ०७ मङ्सिर २०७२, १७ : ४२
सोमबार, ०७ मङ्सिर २०७२
काठमाडौं– भारतको अघोषित नाकाबन्दीपछि इन्धनको चरम अभाव भइरहेको बेला कांग्रेस निकट नेपाल विद्यार्थी संघले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई ज्ञापन पत्र बुझाएको छ । नेविसंघ अध्यक्ष रञ्जीत कर्ण नेतृत्वको टोलीले पुन लाई भेटेर विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई ग्यास, मट्टितेल लगायतका इन्धन उपलब्ध गराउनु पर्ने , शैक्षिक क्षेत्रको यातायत सहज बनाउन पहल गर्नुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको हो । सो क्रममा इन्धन अभावको मौकामा कालोबजारी मौलाएको भन्दै नेविसंघले कालोबजारीमा संलग्नलाई कारबाही गर्न समेत माग गरेको प्रवक्ता युपी लामिछानेलाई जानकारी दिए । ज्ञापनपत्र बुझ्दै पुनले नेबि संघको मागलाई आफूले गम्भीर रुपमा लिएको भन्दै समस्या समाधानको लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए । उनले इन्धन अभावको समयमा विद्यार्थीको समस्याप्रति आफूहरु गम्भीर भएको भन्दै समस्या सम्बोधनका उपायबारे मन्त्रालयमा चलिरहेको र केहि न केहि उपाय अपनाएर समस्या समाधान गर्ने सो अवसरमा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप