आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

निगमको भलवारी, चारआली र नेपालगञ्ज डिपोमा नयाँ प्रमुख

बुधबार, ०९ मङ्सिर २०७२, ११ : ०२
बुधबार, ०९ मङ्सिर २०७२

काठमाडौं–ईन्धनमा कालोबजारी गरेको भन्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरुवा गरेका डिपोहरुमा नयाँ नेपाल आयल निगमले प्रमुख पठाएको छ । निगमले भलवारी, नेपालगंज र चारआली डिपोमा क्रमशः अशोक शाह, विनीतमणी बराल र लोकमणी पौडेललाई पठाएका हो । शाह बिरगंज डिपोबाट भलवारी सरुवा भएका हुन् । बिरगंजमा भने त्यही कार्यरत शिवदेव यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको छ । त्यसैगरी उपाध्यायलाई केन्द्रिय कार्यालयबाट नेपालगंज पठाईएको हो । उनी केन्द्रमा एलपिजी विभावका प्रवन्धक थिए । त्यसैगरी चारआलीको प्रमुख बनाईएका पौडेल यसअघि चारआलीमै कार्यरत थिए । उनलाई निमित्त दिईएको निगमले जनाएको छ । मन्त्रालयले कमिसनमा ईन्धन बेचेको आरोप लागेका नेपाल आयल निगमका भलवारी डिपो प्रमुख दिनेश कुमार यादव सहित नेपालगञ्ज डिपो प्रमख श्रीचन्द्र श्रेष्ठ र चारआली डिपो प्रमुख बासुदेव भण्डारीलाई कार्वाही स्वरुप केन्द्रमा तानेको हो । नेपाल आयल निगमका भलवारी डिपो प्रमुखबाट कार्वाही गरी हटाईएका दिनेश कुमार यादव र नेपालगञ्ज डिपो प्रमखबाट कार्वाही गरीएका श्रीचन्द्र श्रेष्ठ २०६५ सालमा अमलेखगञ्जमा डिपो प्रमुख र उपप्रमुख भएर बसेका व्यक्तिहरु हुन् । उनीहरु लामोसमयदेखि तेल चोरीमा संलग्न भएको निगम स्रोतले बताएको छ । पछिल्लोपटक यादवले नेपाल आयल निगमका प्रवन्ध निर्देशक गोपाल बहादुर खड्काको आदेश भन्दै विभीन्न जिल्लाका पेट्रोल पम्पलाई ईन्धन बेचेको थियो । केहिदिन अघिमात्रै उनले हामा आयललाई बेचेको तेल नवलपरासीबाट पक्राउ गरीएपछि उनी कमिसनमा तेल बेच्दै आएको खुलेको थियो । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान शुरु गरेको थियो । सोमबार मात्रै अख्तियारको बुटवल कार्यालयका अनुसन्धान अधिकृत डिल्लीनारायण पाण्डेय र थानेश्वर पोखरेलको टोलीले भलबारी डिपोमा छापामारी कागजात जफत गरेको थियो । अख्तियारले छानविन गरीरहेको बेला निगमले यादवको सरुवा गरेपछि छानविन प्रभावित हुने स्रोतले जनाएको छ । यादवले स्याङ्गजा, पर्वत, काँस्की लगायतका विभीन्न जिल्लाका पेट्रोल पम्पहरुमा कमिसनमा ईन्धन बेचेको निगम स्रोतले बताएको छ । ‘यसबाहेक उनीविरुद्ध दर्जनौँ उजुरी विचाराधिन छन्’, स्रोतले भन्यो ‘उनी लामो समय देखि नै कमिसनखोरको रुपमा निगममा परीचित छन् ।’ श्रेष्ठले नेपालगञ्जमा प्रमुख जिल्ला अधिकारीसंग तालमेल नगरी ईन्धन वितरण गरेको र कालोबजारी गरेको आरोप छ । पुनराबेदन अदालतमा उनी विरुद्ध कालोबजारी मुद्धा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप