आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बेल्जियममा फन्कोको प्रिमियर

बुधबार, ०९ मङ्सिर २०७२, ११ : १०
बुधबार, ०९ मङ्सिर २०७२

बेल्जियम–नेपालमा माघ एक गते रिलिज हुने भनिएको चलचित्र फन्कोले युरोपको बेल्जियम शहरबाट रेडकार्पेट सहित प्रिमियर गरेको छ । चलचित्रले गत सोमबार नोभेम्बर तेईसमा बेल्जियमको सिनेमाहल जेड लुभेन बाट प्रर्दशन गरेकोे हो । रेडकार्पेटमा नेपालको संबिधान सभा सांसद महालक्ष्माी डिना उपाध्याया,गैर आबाशिय नेपाली संघका केन्द्रिय सचिब अर्जुन श्रेष्ठ, गैर आबाशिय नेपाली संघ बेल्जियम अध्यक्ष गंगाधर गौतम बेल्जियमका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले चलचित्रलाई सुभकामन दिएका थिए । सुरुमा एक शो मात्र प्रर्दशन गर्नेे भनिए पनि दर्शकहरुको अत्याधिक चापले गर्दा चलचित्रलाई अर्को शो थप गरी दुई सो प्रर्दशन गरीएको निर्माता शहदेब गौतमले बताए । दोश्रो शो मा पनि दर्शकहरुको चाप बढेपछि फन्कोलाई आगामी २९ तारिखका दिनमा अर्को दुई शो गरीन लागेको र यसको लागी हल बुकि¨ भैसकेको चलचित्रका प्रस्तुतकर्ता पदम गुरु¨ले बताए । चलचित्र फन्को हेर्ने बेल्जियमका एन.आर.एन.ए दर्शकहरुले चलचित्र उत्कृष्ठ बनेको प्रतिकृया दिएका छन् ।

सुवर्ण थापाले निर्देशन गरेको फन्को, नेपाली मनको चलचित्र रहेको दर्शकहरुको प्रतिकृया छ ।सौगात मल्ल,दयाहा¨ राई,अनुप बराल,प्रियका कार्की,केकी अधिकारी लगाएतका कलाकारहरुले अभिनय गरेका चलचित्रमा कमेडी,सस्पेन्स,हास्य संगै सामाजीक कथालाई उठान गरीएको छ । सौगात मल्ल नेताको डा«ईभरको भुमिकामा देखिदै छन् भने केकी ड्राईभरको श्रीमतिको भुमिकामा देखिदै छिन् । यो चलचित्रमा नायिका प्रियका कार्की र दयाहा¨ अलि फरक भुमिकामा देखिएका छन ्। प्रियका दयाको पार्टनर साईड भुमिकामा रहेकी छिन । चलचित्रमा दया र प्रियकाको पार्टनर कस्तो कार्यमा रहेको छ नखुलाईए पनि पैसाको लागी महादेबको तिन नेत्र भने जस्तै पैसाको पछाडी दगुर्नेे आम युवा युवतीको फन्कोको कथन रहेको निर्देशक थापाले बताएका छन । पदम गुरु¨को प्रस्तुतीमा नरेन्द्र महर्जन र शहदेब गौतमको लगानीे चलचित्र रहेको छ । दुई गित समाबेश रहेको यो चलचित्रमा चेतन सापकोटाको संगितमा गायिका ईन्दिरा जोशी स्वंमले म त लोकल ब्युटी बोलको गितमा नृत्य समेत गरेकी छिन् । चलचित्रलाई युरोपको बेल्जियमका बिभिन्न स्थानमा शो पश्चात ,फिल्याण्ड,डेनमार्क,अस्ट्रीया,ईटालि,स्पेन,पोर्चुगल,फ्रान्स लगायतका देशहरु र अमेरिका अस्ट्रेलियालगायतका देशहरुमा पनि प्रर्दशन गर्ने बताईएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप