आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कृषि उपकरण बोकेर किसानको खेतमा पुगिन् अमेरिकी राजदूत

बुधबार, ०९ मङ्सिर २०७२, ११ : २०
बुधबार, ०९ मङ्सिर २०७२

जब संसारकै शक्तिशाली देश मानिने अमेरिकाकी राजदूत किसानका खेतमा आधुनिक कृषि उपकरण बोकेर आइपुगिन् । आधुनिक उपकरणको अभावमा परम्परागत र निर्बाहमुखी खेतिप्रणालीमा जीविका धान्दै आएका खानिगाउँ किसानहरुको लागि राजदूत एलाइना बी तेप्लिजले वितरण गरेका हाते ट्याक्टर र अन्य कृषि उपकरणहरु बरदान नै भयो । किसानहरुसामू उनले राजदूत भएर नेपाल आउनुअघिदेखि नै नेपाल र नेपालीप्रतिको अगाध माया रहेको बताउँदै भनिन्, ‘नेपालका आधारभूत मानिस किसानहरुबाट नै देशको अर्थतन्त्र धानिरहेको अवस्थामा सधै नेपालको हित र प्रगती चाहने अमेरिकाले पनि भविष्यमा कृषि क्षेत्रमा सहयोग पु¥याउने योजना छ ।’ आफ्नो कार्यकालमा नेपालका लागि अमेरिकाको अर्थपूर्ण योगदान दिने योजनासहित नेपालमा आएकोसमेत दाबी गरिन् । अन्तरािष्ट्रय मकै तथा गहुँ अनुसन्धान केन्द्र सिमिटले नुवाकोटका कृषि सहकारी सस्थामार्फत् किसानहरुलाई कृषि उपकरण दिने कार्यक्रममा राजदूत तेप्लिीजले खानिगाउँ गाविसभरिका ६ सहकारी संस्थाहरुलाई कृषि सामग्रीहरु वितरण गरेकी हुन् । अमेरिकी सरकारको सहयोगमा नेपालका भूकम्पप्रभावित किसानहरुका लागि नेपालमा कृषि कृषि उपकरण वितरण अन्तरगत पहिलो कार्यक्रमको रुपमा खानीगाँउ गाँउ विकास समितिबाट सिमिटले कार्यक्रम सुरु गरेको हो । सिमिटले भूकम्पबाट क्षति बेहोरेका किसानहरुको लागि पुनःउत्थान तथा कृषिको व्यवसायिकरणमा सहयोग पु¥याउदै नुवाकोटको १८ गाविसमा काम गर्नेछ । भूकम्पबाट प्रभावित अन्य जिल्लाहरुमा पनि यो कार्यक्रम विस्तार हुने अमेरिकी राजदूतावासले जनाएको छ । कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई र नेपालको लागि अमेरिकी राजदूत तेप्लिज, नुवाकोटका प्रमुख जिल्ला अधिकारी लगायतले सिमिटले उपलब्ध गराएको खेत जोत्ने हाते ट्याक्टर सहित कृषि औजारहरु प्रदान गरेका थिए । कृषकलाई कृषि उपकरणमार्फत् आधुनिक खेतीप्रणालीमा सिमिटले पु¥याएको सहयोग प्रशंसनीय रहेको कृषि मन्त्रालयका सचिव भट्टराईले बताए । खानीगाँउको ढिकुरेमा आयोजित कार्यक्रममा सहकारी सस्थाका प्रतिनिधिहरुलाई उनले पनि हाते ट्याक्टर र कृषि औजार प्रदान गर्दै देश नै अहिले संटकमा रहेकाले मन्त्रालयले किसानहरुको लागि आवश्यक सहयोग तथा नयाँ योजना बनाउन नसकेको बताए । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख डाक्टर कमलराज गैरेले जिल्लाको कृषि क्षेत्रको विकासको लागि सिमिटले गरेको सहयोगले भूकम्पबाट प्रभावित भएका किसानलाई उपकरणमा पु¥याएको सहयोगले कृषिको विकासमा सहयोग पुग्ने आशा राखे । कार्यक्रममा कृषि विकास मन्त्रालयका सहसचिव काशिराज दाहाल, सिमिट नेपालका आवशीय प्रतिनिधि अरुण कुमार जोशी लगायतको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप