आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रसुवागढी नाका हुँदै चिनियाँ पर्यटक भित्रिन थाले

बुधबार, ०९ मङ्सिर २०७२, ११ : २३
बुधबार, ०९ मङ्सिर २०७२

काठमाडौं–भारतीय नाकाबन्दीपछि चिनबाट इन्धन भित्रिन थालेसँगै चिनियाँ पर्यटकहरु पनि केरुङ–रसुवागढी सीमानाका हुँदै नेपाल भित्रिन सुरु गरेका छन् । रसुवागढी नाका सञ्चालनमा आएपश्चात् अध्यागमन कार्यालयको स्थापना भएपछि रसुवागढी नाकाबाट चिनियाँ पर्यटकको आवागमन सुरु भएको हो । नेपालबाट चीन जाने तथा चीनबाट नेपाल भित्रने चिनियाँ पर्यटकको आवतजावत पहिलोपटक यस नाकाबाट बढेको छ । अध्यागमन कार्यालय रसुवाका अनुसार दैनिक १५्र देखि २५ जना चिनियाँ पर्यटकले नेपाल भित्रन तथा चीन जानका लागि प्रवेश आज्ञा अनुमति लिने गरेका छन् । नेपालको रसुवागढी तथा चीनको केरुङ हुँदै चीनको पठार हेर्दै सिगात्से पुगिने भएकोले पर्यटकको यस क्षेत्रबाट आवतजावत बढेको हो । अध्यागमन कार्यालयको स्थापना भएपछि रसुवागढी नाकाबाट अन्य देशका पर्यटकले पनि आवतजावत गर्न मिल्ने अध्यागमन कार्यालयका प्रमुख ओम प्रसाद पाण्डेले बताए । २६ किलोमिटरको दूरीमा पर्ने चीनको केरुङ हुँदै नेपालको सिमानाका रसुवागढीबाट लगभग १ सय ८७ किलोमिटरको दुरी पार गर्दै चिनियाँहरु काठमाण्डौं आउने गरेका छन् । तिब्बतको सबैभन्दा ठूलो शहर ल्हासा र त्यसपछि दोस्रो ठूलो शहर सिगात्सेजस्ता शहरहरुबाटसमेत धेरैजसोको आवागमन चिनियाँहरुको आवागमन हुने गरेको देखिन्छ । सिगात्सेबाट केरुङ सहरसम्म आइपुग्नपुग्न झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नुपर्छ भने सिमानाकाबाट २६ किलोमिटर दुरीको चीनको केरुङबाट नेपालको रसुवागढी आइपुगिन्छ । चिनियाँ पर्यटकहरु विषेशगरी, राजधानी र लुम्बीनिका बौद्ध धार्मिकस्थलहरुको दर्शन र भ्रमणका लागि आउने गर्दछन् भने पोखराजस्ता पर्यटकिय क्षेत्रहरुको दृष्यावलोकनका लागिसमेत आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप