आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भाजपाका सांसद्को विवादास्पद बयान : अब तराईका १५ जिल्ला भारतले खोस्नुपर्छ

बुधबार, ०९ मङ्सिर २०७२, १२ : ५८
बुधबार, ०९ मङ्सिर २०७२

काठमाडौं — बिहारको दरभंगाबाट गत वर्ष लोकसभाका लागि चुनिएका भारतीय जनता पार्टीका सांसद् कीर्ति आजादले नेपालको तराईका १५ जिल्ला भारतले फिर्ता लिनुपर्ने सनसनीपूर्ण अभिव्यक्ती दिएका छन् । उनको भनाईलाई उद्धृत गर्दै भारतको दैनिक जागरणले आजादको भनाई उद्धृत गर्दै अंग्रेजले नेपाललाई दिनु अगाडि ति जिल्ला हिन्दूस्तानको रहेको जनाएको छ । उनले हिन्दूस्तानका १५ जिल्ला अंग्रेजले आफ्नो शासनकालमा नेपाललाई दिएको भन्दै ति जिल्ला फिर्ता पाउनुपर्ने बताएका हुन् । नेपालले ति जिल्ला फिर्ता नदिए भारतले खोसेर भएपनि लिनुपर्ने उनले बताएका छन् । उनले आफ्नो लडाँई अब यसैमा केन्द्रित हुने बताएका छन् । उनले नेपालले तराईमा आन्दोलनरत मधेसीहरुको माग पुरा गर्नुपर्ने बताएका छन् । यसअघि गत सेप्टेम्बरमा उनले मधेस आन्दोलन शुरु हुदैँ गर्दा नेपालको संविधान निरकुंश भएको भन्दै नयाँ संविधानको खुलेयाम विरोध गरेका थिए । उनले नेपालको समस्याका विषयमा भारतीय केन्द्र सरकारले गम्भिर चासो दिनुपर्ने भन्दै केन्द्र सरकारलाई उक्साउने काम गरेका थिए । त्यतिबेलै उनले भनेका थिए, सन् १८१६ मा ब्रिटिश भारत र नेपालबीच सम्झौता हुदाँ मिथिला क्षेत्रका थुप्रै भूभाग नेपाललाई हस्तान्तरण गरियो । हामीले अहिले पनि रोटी बेटीको सम्बन्ध कायम राखेका छौँ । त्यसैले मधेसी जनतालाई लिएर भारतको सद्भाव सधैँ रहनुपर्छ । समाचारमा जिल्लाको नाम लिए भने नखुलाइएपनि उनले जनकपुर आसपासका क्षेत्र भारतको भएको झुटो दाबी गरेका हुन् । को हुन् कीर्ति आजाद कीर्ति वरदान भागवत झा आजाद लगातार तेस्रो पटक भारतको लोकसभामा चुनिएका व्यक्ती हुन् । उनी बिहारका पूर्व मूख्यमन्त्री भागवत झा आजादका छोरा हुन् । राजनीतिमा लाग्नुअघि आजाद भारतको टेस्ट तथा एकदिवसी क्रिकेट टिमका सदस्य थिए । उनले भारतबाट सन् १९८० देखी १९८६ सम्म ७ टेस्ट तथा २५ एकदिवसीय क्रिकेट खेले ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप