एसएसबीद्वारा गोली चलाएको स्वीकार, नेपाली पक्षले छानबिन थाल्यो
बुधबार, ०९ मङ्सिर २०७२, १३ : ५०
सुनसरी– नेपाली भूमिमै प्रवेश गरेर भारतीय सुरक्षाकर्मी एसएसबीले ४ नेपालीलाई गोली हानेर घाइते बनाएपछि सुनसरी प्रशासनले अनुसन्धान थालेको छ ।
आज बिहान हरिपुर गाविस–७ मा पर्ने भाण्टाबारी स्थित दशगजा क्षेत्रमा १० जनाको समुहमा रहेका एसएसबी गोली चलाउँदा हरिपुर गाविस–७ का अशोक यादव, मनोज यादव, नरेश यादव र सरोज नेपाल घाइते भएका थिए ।
सुनसरी प्रशासनले भारतीय एसएसबीले घटाएको घटनाप्रति अनुसन्धान सुरु गर्दै भारतीय अधिकारीसँग छलफल थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थसहित प्रहरी प्रमुख सञ्जय शर्मा अहिले घटनाबारे छलफलमा व्यस्त रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका असई कुलबहादुर राईले रातोपाटीलाई जानकारी दिए । उनले रासायनिक मल बोकेका भारतीयहरुसँगको विवादपछि एसएसबी रुष्ट बनेको र नेपाल पसेका उनीहरुलाई खोज्ने क्रममा गोली चलाएको जानकारी प्राप्त भएको जानकारी दिए ।
यसैबीच भारतीय पक्षले आफ्ना जवानले गल्ती गरेको स्वीकार गरेको छ । भारतीय एसएसबी सतरा पोष्टका इन्चार्ज रनबीर सिंहले भारतीय सुरक्षाकर्मीले सीमा क्षेत्रमा गोली चलाइको स्वीकार गर्दै यसमा जवानहरुको गल्ती भएको बताएका छन् ।
उनले सुनसरीका प्रहरी प्रमुख शर्मालाई फोन गरि घटनामा संलग्न दोषीमाथि छानबिन गरेर आवश्यक कारबाही गर्ने आस्वासन समेत दिएको बताइएको छ ।
गोली लागेर गम्भीर बनेका घाइतेहरको जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण