आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

काभ्रेका पेट्रोल पम्पहरुमा विभागको जफत

बुधबार, ०९ मङ्सिर २०७२, १६ : ५९
बुधबार, ०९ मङ्सिर २०७२

काभ्रे–नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक सहितको टोलीले बुधवार काभ्रेका ४ वटा पेट्रोल पम्पहरुमा अनुगमन गरी समान जफत गरेको छ । काभ्रेको कुन्तावेशीमा रहेको सप्तकन्या आयलले रातारात लुकाएको १५ सय लिटर डिजेल विक्रि गरेको थाहा भएपछि पम्पमा प्रहरीद्वारा सिल गरेपछि विभागकले छड्के अनुगन गरी सामान जफत गरेका हुन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनी सहितको टोलीले बुधवार ४ ठाउँको आयल स्टोरमा अनुगमन गरी सामान जफत गरेको हो । विभागकले काभ्रेको बनेपा–१० स्थित तरकारी बजारमा आत्मराम थापा र उमेश बानियाँले सञ्चालन गरेको उग्रचण्डी आयल स्टोरबाट अनुगमन शुरु गरेको विभागले जनाएको छ । विभाग, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बनेपाको संयुक्त टोलीले अनुगमन गरेको विभागका उपमहानिर्देशक दिननाथ मिश्रले बताए । अनुगमनको क्रममा उग्रचण्डी आयल स्टोरमा रहेको पेट्रोल पेट्रोल र डिजेल वितरण पम्पमा डिभाईस र रिसिभर थप गरी परिणमलाई घटि गर्ने देखिएकाले पम्पमा प्रयोग गर्ने उक्त सामान जफत गरिएको विभागका उपमहानिर्देशक दिननाथ मिश्रले बताए । ‘जफत गरिएको डिभाइस र सेमिभर जफत पम्प २ थान लाई हेर्दा मिड्रको मेकानिकलको एसेम्वलिमा थप गियर राखि कैचिको प्रयोग गरी डिजेल वितरण कम गर्ने उदेश्यले थप गियर राखिएकोले हामीले एसम्वलिलाई जफत गरिएका हौं ।’ मिश्रले स्पष्ट पारे । यसरी उपभोक्तालाई ठगेर कालोबजारी गर्ने मानसय देखिपछि उक्त आयल स्टोरलाई ६ महिनाको लागि वितरणमा रोक लगाएको उनले जानकारी दिए । यस्तै बनेपा–११ बुडोलडाँडामा ठाकूर प्रसाद बजागाईको नाममा दर्ता भएको र विनोद धिमालले सञ्चालन गरेका माता उग्रचण्डी आयल स्टोरमा पनि अनुगमन गरेका छन् । अनुगमन गर्दा पेट्रोलियम पदार्थ बितरण गर्ने २ थान पम्प मध्ये डिजेल पम्पको एसम्वलि भित्र रहेको गियरहरुमा थप गियर कैचि प्रयोग गर्ने उद्येश्यले राखिएको भेटिए पछि उक्त स्टोरको एसम्वलिलाई पनि जफत गरेका छन् । जफत पछि उक्त पेट्रोल पम्पलाई पनि ६ महिनाको लागि बिक्री वितरण रोक लगाएको छ । साथै पेट्रोल वितरण पम्पमा थप गियर सिष्टम जोडिएको नभेटिएकोले वितरणमा रोक लगाएको विभागकले जनाएको छ । त्यस्तै साँगाको चण्डी बिनायक र सगरमाथा आयल स्टोरमा अनुगमन गर्दा त्यस्तो केही नभेटिएको जनाएको छ । बिहिवार र शुक्रवार पनि अनुगमन गर्ने तयारी गरि रहेको विभावका महानिर्देशक विश्ववाबु पुडासैनीले जनाकारी दिए । यस अघि मंसिर ६ गते काभ्रेको महादेवास्थान गाविस ८ कुन्ताबेशीमा रहेको सप्तकन्या आयल स्टोरले मध्यराती करिव १५ सय लिटर डिजेल गोप्य रुपमा वितरण गरेको फेला पारेपछि प्रहरीले पम्पमा सिल गरिदिएको थियो । जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार के.सीका अनुसार उक्त पम्पले चार हजार लिटर डिजेल ल्याएकोमा प्रशासनले राति नै वितरण गर्न दिएको निर्देशन अटेर गर्दै विहान ५ बजे वितरण गरेपछि प्रहरीले छापा मारेका थिए । ‘बिहान ५ बजे पनि वितरण सुरु नभएपछि विहान ७ बजे डिजेल वितरण शुरु गर्न लाग्दा मध्यराती १५ सय लिटर डिजेल निकालिसकेको थाहा पाएपछि प्रहरीले पम्पमा सिल गरिदिएको हो ।’ उनले भने । जिल्लाका अन्य पम्पहरुले समेत कालोबजारी गर्दै आएको उपभोक्ताहरुले बताएका छन् । जिल्लामै पनि मिटर घटाएर तेल वितरण गरेको प्रहरीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप