प्रधानसेनापतिको परिवारको पेट्रोपम्पमा सिलबन्दी
चितवन–वाणिज्य विभागको अनुगमन टोलिले आज चितवनको अष्टभुजा पेट्रोल पम्पमा शिलबन्दी गरेको छ । वाणिज्य बिभागका निर्देशक हरिनारायण बेलवासेको नेतृत्वमा रहेको अनुगमन टोलिले भरतपुर उपमहानगरपालिक–१० हाकिम चोकमा रहेको अष्टभुजा आयल स्ट्रोर्समा अनुगमन गर्दा प्रशासन तोकेको भन्दा बढी मात्रामा पेट्रोल मौज्दात भेटिएकोले पम्प शिल गरेको हो । सोमबार बेलुका उक्त पम्पमा ९ हजार लिटर पेट्रोल आएको मध्ये ३ हजार लिटर प्रशासनले मौज्दात राख्न भनेको थियो । तर मंगलबार ६ हजार लिटर पेट्रोल सर्वसाधारणलाई वितरण नगरेको भन्दै नाराबाजी हुन थालेपछी बिभागले पम्पमा अनुगमन गरेको हो । अनुगमनका क्रममा ४ हजार २ सय लिटर पेट्रोल मौज्दात भेटिएकोले पम्पमा ताला लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए । पम्पले मिटरमा ६ हजार लिटरनै तेलतरण गरेको देखाएपनी अनुगमनका क्रममा करिव १ हजार २ सय लिटर पेट्रोल बढी देखिएकाले उक्त पम्पका संचालक खिलकान्त बर्तौलालाई नियन्त्रणमा लिइएको शर्माले बताए । उनका अनुसार पम्पले सर्वसाधारणलाई वितरण गर्नुपर्ने पेट्रोल वितरण नगरेको वा उसको मिटरमा देखाए जति तेल यथार्थमा वितरण नहुने गरेको अर्थात मिटरबाट ठगी हुने गरेको हुनसक्ने अनुमान रहेको छ । पम्प नेपाली सेनाका सेनापती राजेन्द्र क्षत्री परिवारको हो । बिगत १ वर्ष देखि क्षत्री परिवारले पम्प भाडामा लगाउदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण