२७ किलोमिटर लामो चक्रपथमा विशाल मानव साङ्लो प्रदर्शनको तयारी
काठमाडौं– शिक्षण संस्थाहरुको छाता संगठन(अपीन) तथा संयुक्त विद्यार्थी संगठनले आम नागरिकको समर्थनमा शुक्रबार राजधानको चक्रपथमा विशाल मानव सांलो प्रदर्शन गर्ने भएको छ ।
अपीन तथा संयुक्त विद्यार्थी संगठनले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बाँच्न र पढ्न पाउने विद्यार्थी एवम् बालबालिकाको अधिकारीको ग्यारेन्टीको लागि भन्दै २७ किलो मिटर लामो चक्रपथ घेराउसहित विशाल मानव सांलो प्रदर्शन गर्न लागिएको जानकारी दिएको हो । ‘२७ किमी लामो कलंकी–सातदोबाटो–कोटेश्वर–चाबहिल–महाराजगञ्ज–चक्रपथ–बालाजु हुँदै पुन कलंकीसम्म मानव सांलोद्वारा चक्रपथ घेराउ गरिने छ’ आयोजकले जारी गरेको विज्ञप्तीमा भनिएको छ’, सांलो बनाउने कार्यमा आम नागरिक, पेशामगत संघसंस्थालगायतले पायक पर्ने ठाउँमा विद्यालयहरुले तोकिएको स्थानमा तथा विद्यार्थी संगठनहरुले चक्रपथ वरिपरि विभिन्न २५ ओटा आर्कमा विभाजन गरि त्यसको जनपरिचालन, स्वयम्सेवकीय तथा व्यवस्थापनको जिम्मेवारी लिनेछन् । सांलो प्रदर्शनमा क्रममा नेपालको राष्ट्रिय झण्डा र नाकाबन्दी तथा बालबालिकाहरुको हक अधिकार उल्लेख गरिएको प्ले कार्ड बाहेक अन्य कुनै पहिचान खुलाउने वा अन्य अर्थलाग्ने सामग्री प्रयोग गरिने छैन ।
यसैगरि सांलो निर्माणमा कक्षा आठ माथिका विद्यार्थीहरुलाई वाताअनुकुलित स्थानमा मात्र सहभागि गराइने तथा सो क्रममा कुनै पनि नाराबाजी , सभा र राजनीतिक दलको विरोध या समर्थन नहुने पनि जनाइएको छ । आयोजकले मानव सांलो बनाएर भारतको नाकाबन्दी र मधेसीको आन्दोलनको कारण नेपालका बालबालिकामा परेको असरलाई अन्तराष्ट्रिय करण गर्ने र बालबालिकाको हक र अधिकारको सुनिश्चितताको लागि सामुहिक आवाज बुलन्द पार्ने लक्ष्य लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण