भारतले नेपालको संविधान स्विकारेको छः भारतीय गृहमन्त्री
बुधबार, ०९ मङ्सिर २०७२, १५ : ३६
काठमाडौं– भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन् ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दावी गरे ।
नयाँ दिल्लीमा रिपाटर्स क्लबसँगको कुराकानीमा गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहरु मिलेर समाधान गर्नु पर्ने बताए ।
उनले भने,‘यसमा भारतको कुनै हस्तक्षेप हुँदैन । हाम्रो भूमिका पनि छैन र हाम्रो सरोकारको विषय पनि होईन ।’
गृहमन्त्री सिंहले नेपालमा नेपालीहरुलाई कुनै समस्या नपरोस भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा देखिएको जुन अभाव, दुख र आपूर्तिमा असहजता छ त्यो मधेसी दलहरुलाई सहमतिमा ल्याउना साथै सहज हुने विश्वास ब्यक्त गरे ।
उनले भने,‘ हामीले नाकाबन्दी गरेका छैनौ र त्यस्तो कुरा भारतले सोचेको पनि छैन । मधेसकै कारण आपूर्ति असहज भएको हो । भारतको तर्फबाट म स्पष्ट पार्न चाहन्छु नाकाबन्दी छैन । उल्टै बरु हामी नेपालमा परेको समस्याले चिन्तित छौ ।’
गृहमन्त्री सिंहले नेपालमा कति प्रदेश बनाउने, सीमांकन कसरी गर्ने भन्ने कुरा नेपालीहरुको भएकोले यसमा भारतले कुनै दवाव नदिने स्पष्ट पार्दै भारतले छिटो भन्दा छिटो नेपालमा देखिएको समस्या बार्ता र संबादबाटै समाधान होस भन्ने चाहेको सुनाए ।
गृहमन्त्री सिंहले नेपालमा गएको विनासकारी भुकम्पपछि भारतले निरन्तर सहयोग गरिरहेको भन्दै यो सहयोग कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।
उनले आफूहरुले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने कुरा नगरेको भन्दै संविधानमा लेखिसकिएको विषयमा त्यस्तो नभनेको स्पष्ट पारे ।
गृहमन्त्री सिंहले नेपालमा आपूर्ति ब्यवस्थालाई सहज बनाउन आफूहरु प्रयासरत भईरहेको भन्दै अन्यनाकाहरुबाट रिरुट गरेर सहज बनाउने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण