कर्फ्यु हटेको २४ घण्टा नबित्दै फेरि प्रदर्शन सुरु
बुधबार, ०९ मङ्सिर २०७२, १६ : १५
सप्तरी–स्थानीय प्रशासनले शान्ति सुरक्षाको अवस्था सामान्य वन्दै गएको भने पनि कफ्र्यु हटाएको २४ घण्टा नवित्दै पुन यहा प्रदर्शन सुरु भएको छ ।
दुईदिन अघि समाचार संकलनको क्रममा प्रहरीले संचारकर्मीहरुलाई दुब्र्यवहार गरेको भन्दै वुधवार विहान पत्रकार महासंघ सप्तरीको अगुवाईमा यहा स्थानीय प्रसासन विरुद्ध प्रदर्शन गरिएको छ ।
शाखाका कार्यवाहक अध्यक्ष श्रवण देवको नेतृत्वमा निस्केको पत्रकारहरुको जुलुस ‘प्रहरी दमन वन्द गर, प्रेस स्वतन्त्रता कायम गर, मानव नरसंहार वन्द गर, दोषि प्रहरीलाई कारवाही गर, मधेशको जायज माग अविलम्व सम्वोधन गर लगायतका नारावाजी गर्दै नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।
यस्तै स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अंचलन अस्पतालका चिकित्सक तथा कर्मचारीलाई २ दिन अघि कार्यस्थलमै प्रहरीले निर्घात कुटपिट गरेको विरोधमा चार दिनदेखि आकस्मिक वाहेक सवै सेवा ठप्प पारेका स्वास्थ्यकर्मीहरुले पनि स्थानीय प्रशासन विरुद्ध चर्को नारावाजी गर्दै प्रदर्शन गरेका छन् ।
अस्पताल प्रांगणवाट निस्केको स्वास्थ्यकर्मीहरुको जुलुस ‘स्वास्थ्यकर्मी कुटने प्रहरीलाई कारवाही गर, प्रहरी आतंक वन्द गर, घाईते स्वास्थ्यकर्मीको उपचार तथा क्षतीपुर्तिको ब्यवस्था गर’ लगायतका नारावाजी गर्दै नगरका विभिन्न भागको परिक्रममा गरेको थियो ।
जुलुसमा सहभागि डा. टेकनारायण मण्डलले स्वास्थ्यकर्मी माथि कुटपिट गर्ने प्रहरी र निर्देशन दिने सुरक्षा निकायका प्रमुखलाई निलम्वन नगरिएका जिल्लाभरका अस्पताल र स्वास्थ्यचौकीहरुको सेवा वन्द रहने वताए । स्वास्थ्यकर्र्मीहरु अनिश्चितकालिन आमहडतालमा उत्रिएपछि विरामीहरुको भने विचल्ली भएको छ । यता मधेशी मोर्चा नगर समितिको अगुवाई वुधवार विहानै देखि नगरका विभिन्न भागमा टायर वालेर प्रदर्शन भईरहेको छ ।
मोर्चाले माईकिङ्ग तथा कार्यकर्ताका समुह वनाई प्रदर्शन थालेपछि फाटफुट रुपमा खुलेका पसलहरु पनि वन्द भई नगर सुनसान देखिएको छ । यस्तै जिल्लाको रुपनी, भारदह, कंचनपुर, वरमझिया, लगायतका स्थानहरुमा पनि विहानै देखि प्रदर्शन भईरहेका छन् ।
मधेशी मोर्चाका नगर संयोजक उमेश प्रसाद साहले प्रहरी ज्यादतीको घोर भत्र्सना गर्दै मधेशको माग सम्वोधन नभएसम्म आन्दोलन नरोकिने वताएका छन् ।
यसैविच सप्तरीका सिडिओ नारायणप्रसाद भट्टले सप्तरीको विग्रदै गरेको सुरक्षा अवस्थालाई सुधार गर्न जिल्लावासी, संचारकर्मी र सामाजिक क्षेत्रमा काम गर्ने संघ÷संगठनको सहयोग र योगदान हुने वताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण