आधा सिलिन्डर ग्यास १२ सयमा बेच्ने पक्राउ
बुधबार, ०९ मङ्सिर २०७२, १६ : २०
काठमाडौं– काठमाडौं महानगरपालिका–१५ सितापाईला बस्ने ३८ वर्षीय देवक पौडेललाई बढी मुल्यमा ग्याँस बिक्री गरीरहेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको छ ।
गोर्खाली खाद्य स्टोर तथा ग्याँस सप्लायर्सका पौडेलले गजुरीबाट गिता ग्याँस ल्याई सितापाईलामा प्रति आधा सिलिण्डर १ हजार २ सय रुपैयाँको दरले विक्री वितरण गरीरहेको अवस्थामा महानगरीय प्रहरी बृत्त स्वयम्भुले पक्राउ गरेको हो । पौडेलले ३० थान आधा सिलिण्डर ग्याँस विक्री गरेको खुल्न आएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एलिना ट्राभल्स एण्ड टुर्समा प्रतिलिटर २ सय ५० रुपैयाँका दरले पेट्रोल बिक्री बितरण गरिरहेको अवस्थामा १ सय ३५ लिटर पेट्रोलसहित ४ जनालाई महानगरीय प्रहरी बृत्त गौशालाले बुधबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण