भूकम्प प्रभावित ४ जिल्लाका किसानलाई जापानको सहयोग
बुधबार, ०९ मङ्सिर २०७२, १७ : ०२
काठमाडौं–केन्द्रीय कृषि सहकारी संघ जापानले नेपालका भूकम्प प्रभावित जिल्लाका किसानहरुलाई प्रविधी हस्तान्तरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भूकम्पवाट प्रभावित किसानहरुको आय आर्जन सुधारका लागि कृषि प्रविधी, शिप, दक्षता लगाएत आय आर्जनका कार्यक्रम सञ्चालन गर्ने केन्द्रीय कृषि सहकारी संघ जापानका प्रतिनिधीले जानकारी दिएका छन् ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको समन्वयमा नेपालमा गर्न लागिएको कार्यक्रम तत्कालका लागि ४ वटा जिल्लामा गरिने नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम वहादुर पाठकले जानकारी दिए ।
भुकम्प गएको महिनौ वितिसक्दा पनि किसानहरु सहजरुपमा आप्mनो दैनिकीमा फर्कन नसकेको अवस्थामा जापानबाट प्राप्त भएको सहयोगलाई सहि सदुपयोग गर्दै किसानहरुलाई आर्थिक रुपमा सवल वनाउँदै लैजाने नेपाल कृषि सहकारी केन्द्रीय संघका महा–प्रवन्धक रुद्र भट्टराईले बताए ।
केन्द्रीय कृषि सहकारी संघ जापानका उपाध्यक्ष तोसियूकी मोरिनागाले नेपालको कृषि र किसानको उन्नती प्रगतिका लागि निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाए ।
कृषिमा थोरै किसानको सहभागिता रहे पनि प्रविधि र सहयाताले जापान आत्मनिर्भर भएको उदाहरण प्रस्तुत गर्दै उपाध्यक्ष मोरिनागाले नेपालमा पनि आप्mनो अनुभव हस्तान्तरण गर्न तत्पर रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण