एनसेल एप क्याम्पमा पर्यटन सम्बन्धी सेमिनार सम्पन्न
काठमाडौं–नेपालको अग्रणी मोवाइल सेवा प्रदायक एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि छनोट भएका १५० समुह मध्ये पर्यटन विधाका प्रतियोगी समुहहरुका लागि ‘थिमेटिक’ सेमिनरको आयोजना गरेको छ । सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रतियोगिहरुलाई थप जानकारी दिने हेतुले यो गोष्ठी आयोजना गरिएको हो । बुधबार आयोजित सो गोष्ठीमा पर्यटन क्षेत्रका विज्ञहरुले एप निमार्णको सम्भाबनाहरु, एप बजारको अन्र्तराष्ट्रिय अवस्था र कस्ता एपहरुले विश्व बजारमा ठाँउ पाउन सक्छन् भन्नेबारेमा छलफल गरेका थिए । विज्ञहरुले चलाउन गारो नहुने, इन्टरएक्टिभ र राम्रो विषयगत जानकारी दिने खालको एपहरु बनाउन सुझाब दिएका थिए । सेमिनारमा प्रमुख वक्ताका रुपमा सोसियल टुर्सका राज ज्ञवाललीले पर्यटनको सुरक्षा, ठाँउहरुको जानकारी दिने नक्सा र नेपालमा हुने विभिन्न कार्यक्रमहरु संग सम्बन्धित एपहरु बनाउन सकिने बताए । “तपाँईले बनाउने एपमा विश्वसनियता हुन पर्छ । होईन भने त्यो कसैले प्रयोग गर्दैन ।” उनले भने । शेर्पा एडभेन्चर गिएरका आशुतोष तिवारी, नेपाल पर्यटन वोर्डका जनसम्र्पक निर्देशक सुनिल शर्मा, नेपाल सुत्रका सुनिल चन्द्र शर्मा र ओशो भिजन ट्रेक्स एण्ड एक्सपिडिसनका तारानाथ लामिछानेले सेमिनारमा भाग लिएका थिए । तिवारीले देशको विभिन्न भागमा इन्टरनेट अझै पुगि नसेको अवस्थामा इन्टरनेट नहुँदा पनि चल्ने खालको एप बनाउन पर्ने सुझाव दिए । उनले पैसा कमाउने भन्दा पहिले कसरी आफ्नो एप राम्रो र विश्वसनीय बनाउने भन्ने बारेमा कुरामा ध्यान दिनुपर्ने बताए । एनसेल एप क्याम्प देशकै सबभन्दा ठूलो एप विकास सम्बन्धि भेला हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गएको वर्ष देखि एप क्याम्प सुरु गरेको हो । एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन् । नव प्रतिभाहरुको उत्साह जनक सहभागिता रहेको कारणले गर्दा पर्यटन विधा यसवर्ष पनि समावेश गरिएको हो । सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागी हुनका लागि छान्नेछन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् । एप क्याम्पअन्र्तगत अन्तिम चरणमा प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ । फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्र्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण