अशोकको प्रेम वियोगमा खुश्बु
बुधबार, ०९ मङ्सिर २०७२, १७ : १६
काठमाडौं – नायिका खुस्बु खड्का र गीतकार अशोक केसीको अभिनयमा ‘म मरेको पल’ बोलको म्युजिक भिडियो यु–ट्युब तथा विभिन्न टेलिभिजनबाट सार्वजनिक गरिएको छ ।
शिवदर्शन डिजिटलको प्रस्तुती रहेको लोक फ्लेभरको यस गीतको शब्दरचना अशोककै रहेको छ । दोलखा, डाडाखर्कका अशोक केसी हाल रोजगारीको शिलसिलामा प्रवासमा छन् । उनले प्रवास मलेसियाबाटै सांगीतिक यात्रालाई अघि बडाउँदै आएका छन् । प्रेम वियोगान्त भावमा रहेको ‘म मरेको पल’ अशोकले आफ्नै जीवन घटनामा आधारित भनेका छन् ।
म्युजिक भिडियोमा प्रेमिकाबाट धोका पाएपछिको घटनालाई चित्रण गरिएको छ । उनले भने, ‘दुखको यादमा आफुले बियोगको गीत रचना गरेको हुँ ।’ उनले सांगीतिक क्षेत्रमा पहिलो गीति यात्रामा उक्त गीत तयार गरेको बताए । प्रस्तुत गीत प्रेममा बिछोडिएका बर्गलाई मात्र नभै सबै खाले लोकगीत श्रोता तथा दर्शकलाई छुने अशोकले दावी गरे । यस गीतमा रामु बिसी र गायिका पुर्णकला बिसीले स्वर दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण