आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रियलको कठिन जितमा रोनाल्डो नायक

बिहीबार, १० मङ्सिर २०७२, ०८ : १४
बिहीबार, १० मङ्सिर २०७२

डोनेस्क — साख्तार डोनेस्कको उत्कृष्ट पुनरागमनलाई रोक्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको समुह ए को शीर्ष स्थानमा रहन सफल भएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो नायक बने । उनले दुई गोल गरे भने दुई गोलको अवसर सृजना गरे । रोनाल्डोले खेलको १८ औं र ७० औं मिनेटमा गोल गरे भने ड्यानी कार्भाहाल र लुका मोड्रिचका लागि गोलको अवसर सृजना गरे । खेलको ७० औं मिनेटसम्म ४—० गोलले अघि रहँदै रियलले बार्सिलोनासँगको हारको बदला लिएको जस्तै देखिए पनि १० मिनेट भित्र साख्तार डोनेस्कले ३ गोल फर्काएको थियो । ७७ औं मिनेटदेखि ८८ औं मिनेटभित्र एलेक्स टेइक्सेराको दुई तथा डेन्टेहिन्होको एक गोलको मद्दतले साख्तारले खेल ३—४ को स्थितिमा खेल ल्याउन सफल भयो । तर, रियलले त्यसपछि साख्तारलाई रोक्दै जीत सुनिश्चित गर्यो । च्यम्पियन्स लिगमा रियलले गोल खाएको यो पहिलो अवसर हो । उता, सोही समूहमा रहेको पेरिस सेन्ट जर्मेनले माल्मोलाई ५—० गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थानमा रहन सफल भएको छ । पिएसजीको जितमा डि मारियाले दुई तथा एड्रियन राबियोट, ज्लाटान इब्राहिमोविच र लुकास मोउराले एक एक गोल गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप