भारतमा गाडी दुर्घटनामा परेकाले विमा तथा औषधि - उपचार पाएनन्
जाजरकोट – मजदुरी गरेर घर फर्कने क्रममा भारतको लखिमपुरमा बस दुर्घटनामा परी घाइते भएका जाजरकोट ढिमे–१ दमदालाका पीडितको उपचारमा समस्या भएको छ । सम्वन्धित निकायले वेवास्ता गरेपछि उपचारमा समस्या परेको हो ।
दुर्घटनामा परेका पृथ्वीबहादुर खड्का , अजय विक , विष्णु थापा र लालबहादुर थापा गम्भीर घाइते भएका छन भने अरु सामान्य घाइते भएका थिए । घाइतेको भारतीय सरकार र गाडी मालिकले उपचारको व्यवस्था नगरिदिएपछि नेपालगञ्ज ल्याइएको छ ।
घाइते पृथ्वीबहादुरको मेरुदण्ड नै भाँचिएकाले उनलाई थप उपचारका लागि काठमाडांै वा लखनउ लैजान चिकित्सकले सल्लाह दिएकोमा आर्थिक अभावले समस्या परेको स्थानीय उदय थापाले बताए ।
२९ जनाको समूहमा रहेका एकै गाँउका युवायुबतीहरु गाडी रिजर्ब गरेर फर्कंने क्रममा गत २५ कार्तिकमा दुर्घटना परेका थिए । दुर्घटनामा परी गाडी चालकसहित ढिमे १ दमदालाका दीर्घराज शाही र सरस्वती विकको ज्यान गएको थियो भने उपचारको क्रममा नेपालगन्जमा ईश्वरी थापाको ज्यान गएको थियो । तिहार मान्न घर आउन थालेका मध्ये ३ जनाको ज्यान गएको र अरु घाइते भएकाले उक्त गाँउ शोकमा डुबेको छ । दुर्घटनामा परेका परिवारहरुको आर्थिक अवस्था निकै नाजुक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण