किसानले धानवाली भित्र्याउन सकेनन्
वीरगञ्ज–पानी अभावको कारण एक महिना ढिलो रोपाई भएको धान बाली , खेतमा तयार भएपनि भित्र्याउन नपाउदा पर्साका किसानहरु मारमा परेका छन् । खेतमा पाकिसकेको भएपनि मजदुर र इन्धन अभावको कारण धान बाली घर भित्र्याउन नसक्दा किसानहरु मारमा परेका छन् । संविधान संशोधन र सिमांकनको विरोध गर्दै मधेस केन्द्रित दलहरुले विगत तीन महिना देखी जारी राखेको बन्द हडताल र भातरको अघोषित नाकाबन्दीका कारण मजदुरहरु कामको खोजिमा अन्यत्र पलायन भएपछि खेतमा तयार रहेको धान बाली काटनीमा समस्या हुनुको साथै कटान गरिएको धानलाई डिजेल अभावको कारण दाइ गर्न नसकिएको पर्सा विश्रामपुरका किसान बलिराम साहले बताए । उनले बन्द हडताल र नाकाबन्दीका कारण थ्रेसर,ट्याक्टर लगायतका कृषि उपकरण चलाउन डिजल नपाएको र पाएपनि व्लेकमा चर्को मुल्य तिर्नु परेकाले पाकिसकेको धानबालीलाई खेतमै राख्न जिल्लाका अधिकांश किसानहरु बाध्य भएको बताए । पर्सामा यस वर्ष कुल ४५ हजार दुई सय ६० हेक्टर जग्गामा धानको रोपाई गरिएको जिल्ला कृषि विकास कार्यालय पर्साका वालि अधिकृत सुरेश प्रसाद रौनियारले जानकारी दिनु भएको छ । उहाँले दिए । उनले पर्सामा रहेको कुल ५४ हजार ७ सय ३२ हेक्टर धान खेति योग्य जग्गा मध्य यस वर्ष पर्सामा अगहनी ३४ हजार २ सय ६० हेक्टर,चैते २ हजार ४ सय हैक्टर र भदैया धान ९ हजार हेक्टर जग्गामा रोपाई गरिएको बताए । असार महिनामा गण्डक नहरमा पानी नआउदा र मन्सुन समेत एक महिना ढिलो आएकाले यस वर्ष साउनको तेस्रो सातामा मात्रै पर्साका किसानहरुले धानको रोपाई गरेका थिए । सिचाई, मलखाद र विषाधीको अभाव खेपि रहेको पर्साका किसानले पछिलो समयमा मजदुर र इन्धनको चर्को अभाव खेपि रहेका छन् । ढिलो रोपाई भएकाले यस वर्ष पर्सामा धानको उत्पादनमा कमी हुने कृषि विकास कार्यालय पर्साले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण