आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मोदीको पुत्ला जलाउँदा प्रहरी हस्तक्षेप, भारतीय राजदुतलाई नेपाल छाड्न चेतावनी

बिहीबार, १० मङ्सिर २०७२, ११ : ३१
बिहीबार, १० मङ्सिर २०७२

काठमाडौं–अनेरास्ववियुका कार्यकर्ताहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन् । सुनसरीको भन्टाबारीमा भारतीय सिमा सुरक्षा बल(एसएसबी)ले नेपाली भूमिमा प्रवेश गरि चार जना नेपालीमाथी गोली प्रहार गरेको बिरोधमा अनेरास्ववियुका उपाध्यक्ष दिपक गौतमको नेतृत्वमा मोदीको पुत्ला जलाईएको हो । पुत्ला जलाउने क्रममा भएको प्रहरी हस्तक्षेपमा अखिल उपाध्यक्ष दिपक गौतम, सचिव अब्दुल हुँसेन खाँ, अनुशासन आयोगका अध्यक्ष जिवन राई, सुदेश पराजुली, एसु लामा, महेश श्रेष्ठ सहित आधा दर्जन भन्दा बढि घाईते भएका छन् ।

उनीहरुले भारतीय राजदुत रञ्जित रेलाई नेपाल छाड्न चेतावनी दिएका छन् । अखिल उपाध्यक्ष गौतमले एक थोपा रगत रहुँञ्जेल भारतीय दादागिरी बिरुद्ध लडिरहने घोषणा गरे । प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा पुत्ला जलाएपछि सुरु भएको जुलुसले पुतलीसडक परिक्रमा गरेको थियो । अनुशासन आयोगका अध्यक्ष जिवन राईका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द मोदीको पुत्ला जलाउन सुरु गरेपछि प्रहरीले लाठी चार्ज गरेको थियो । सोक्रममा उपाध्यक्ष गौतमसहित आफु र अन्य आधा दर्जन कार्यकर्ता घाईते भएको उनले बताए । सचिवलाय सदस्य सुदेश पराजुलीले राष्ट्रियताका पक्षमा आन्दोलन गर्दा प्रहरी दमन हुनुले अनेक आंशका उब्जाएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप