आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भारतविरुद्व चलेन दक्षिण अफ्रिकाको ब्याटिङ

बिहीबार, १० मङ्सिर २०७२, ११ : ३८
बिहीबार, १० मङ्सिर २०७२
काठमाडौं–भारत विरुद्धको पाँच एकदिवसीय टेस्ट शृंखलाअन्तर्गत तेस्रो टेस्टमा दक्षिण अफ्रिकाले निकै खराब ब्याटिङ सूरुआत गरेको छ । नागपुरमा भारतीय स्पिनरहरु चम्कदा दक्षिण अफ्रिका निकै कमजोर सुरुआतबाट गुज्रियो । भारत विरुद्ध पहिलो इनिंग्समा दक्षिण अफ्रिका केवल ७९ रनमै अलआउट भएको हो । भारतबाट रविचन्द्रन आश्विनले ५ तथा रविन्द्र जडेजाले ४ विकेट लिए । त्यस्तै, अमित मिश्राले १ विकेट लिए । दक्षिण अफ्रिकाबाट कुनै पनि ब्याटस्म्यान चम्कन सकेनन् । जेपि डुमिनिले ३५ रन बनाउँदा अन्य कुनै पनि ब्याटस्म्यानले २० रन समेत बनाउन सकेनन् । यसअघि भारतले टस जितेर ब्याटिंग गर्दै २ सय १५ रन बनाएको थियो । जारी टेस्टमा घरेलु टोली भारत एक शुन्यले अघि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप