आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

रुसी पाइलटलाई १० पटक चेतावनी दिएको दाबीसहित टर्कीले सार्वजनिक गर्यो अडियो

बिहीबार, १० मङ्सिर २०७२, ११ : ५६
बिहीबार, १० मङ्सिर २०७२

एजेन्सी–टर्कीको सेनाले रुसी पाइलटलाई १० पटक चेतावनी दिएको दाबी गर्दै त्यसको अडियो सार्वजनिक गरेको छ । टर्कीको दाबीअनुसार उसले एसयू २४ बम्बरका दुई पाइलटलाई उद्धार गर्न प्रया गरेको थियो ।

विमानमा टर्कीले आक्रमण गरेपछि प्यारासुटबाट हम्फाल्दै गरेको अवस्थामा एक पाइलटको निधन भइसकेको छ । जीवित पाइलटले टर्कीको भूभागमा जेट नपुगेको र टर्कीले कुनै चेतावनी विना नै जेट झारेको दाबी गरेका छन् । टर्कीको एफ १६ फाइटर जेटले मंगलबार मिसाइल छाडेपछि रुसको एसयू २४ सिरियाली भूभागको पहाडी क्षेत्रमा खसेको थियो । यस घटनालाई लिएर अहिले दुई देशबीच वाक युद्ध चलेको छ । रुसले योजनवद्ध षड्यन्त्र अन्तर्गत टर्कीले विमान खसालेको आरोप लगाएको छ । रुसी राष्टपति भ्यालिमिर पुटिनले विमान खसालेपछि परिस्थिती बिग्रिएको भन्दै गम्भिर स्थिती पैदा हुनसक्ने चेतावनी दिइसकेका छन् । अहिले रुसले टर्कीसँगको सैन्य सम्झौता पनि खारेज गरेको छ । अब सिरियामा अत्याधूनिक एन्टी एयरक्र्फाट मिसाइल प्रयोग गरेर आफ्नो युद्धविमानलाई चुनौति दिने सबैलाई सिध्याउने रुसले बताएको छ । रुसले आफ्नो कारबाही कडा बनाउने बताइरहेका बेला अमेरिका, युरोपेली युनियन र संयुक्त राष्टसंघले रुसलाई शान्त रहन अपिल गरेका छन् । पाइलटको कथा टर्कीले १० पटक पाइलटहरुलाई चेतावनी दिएको बताउँदै आफ्नो भूभागमा आएका कारण विमानलाई खसाल्नुपरेको बताएको छ । टर्कीले पाइलटहरुलाई उद्धार गर्ने कोसिस गरेको समेत दाबी गरेको छ । यस घटनाको छानविनलाई लिएर रुससँग सबै प्रकारका सहकार्य गर्न तयार रहेको टर्कीको भनाई छ । तर बुधबार घटनामा बाँचेका रुसी पाइलटले टर्कीले कुनै चेतावनी नदिएको बताएका छन् । क्याप्टेन कोन्सटानटिन मुराकटिनले जेटले टर्कीको कुनै भूभागमा हस्तक्षेप नगरेको समेत बताएका छन् । उनले भनेका छन्, हामी टर्कीको हवाईक्षेत्रमा एक सेकेन्ड पनि घुसेका छैनौँ । हामीलाई यस क्षेत्रका विषयमा राम्रो ज्ञान छ । रुसले आफ्ना पाइलटलाई आन्दोलनकारीको कब्जामा रहेको उत्तर पूर्वी सिरियाबाट उद्धार गरेको जनाएको छ । १२ घण्टे उद्धार अपरेशनमा रुसी र सिरियाली विशेष सैन्य दस्ता लागेको रुसको भनाई छ । अपरेशनका क्रममा एक रुसीको हत्या भने भने सिरियाली विद्रोहीहले रुसी हेलिकोप्टर समेत ध्वस्त बनाए ।

https://www.youtube.com/watch?v=vWd5PGBrAP4

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप