आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तस्करहरुको नयाँ शैलीः वीरगञ्जबाट यसरी हुन्छ ग्यासको अवैध कारोबार

बिहीबार, १० मङ्सिर २०७२, १२ : ४७
बिहीबार, १० मङ्सिर २०७२

काठमाडौं– भारतको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनले राजधानीसहित देशभर इन्धनको हाकाकार भएको छ । भारतबाट पेट्रोलियम पदार्थ तथा ग्याँस बुलेट नेपाल आउन नसकेपछि कालोबजारी समेत मौलाएको छ । इन्धनको हाहाकार भइरहेको अवस्थामा वीरगञ्जबाट अवैध रुपमा ग्यासको कारोबार हुने गरेको खुलेको छ । सरकारले १४ किलो २ सय ग्राम ग्याँसको मुल्य प्रति सिलिण्डर १३ सय ८० रुपैयाँ कायम गरेपनि अभावको फाईदा उठाउदै तस्करहरुले भारतको रक्सौलबाट तस्करी गरी ल्याएको ग्याँस १२ किलोको ३५ सय देखि ३८ सय रुपैया सम्म लिने गरेका गरेको पाइएको हो । स्थानीयका अनुसार तस्करहरुले भारतको रक्सौल बाट भारतिय ग्याँस ल्याएर नेपाली सिलिण्डरमा पल्टी गरेर गर्ने गरेका छन्् । यसरी भारतबाट तस्करी गरेर ग्यास ल्याई पल्टी गराएर बेच्ने क्रम तीब रुपमा चल्दा पनि स्थानीय प्रशासनको ध्यान पुग्न नसकेको वीरगञ्ज घण्टाघरका एक स्थानीयले आक्रोश व्यक्त गरे । यसो त सीमा नाकामा खटिने गरेका दुबै तर्फका सुरक्षाकर्मीहरुले समेत रकम लिएर ग्यास नेपाल भित्र्याउन दिने गरेको स्रोतको दाबी छ । नेपालमा भएको अभावको फाईदा उठाउदै यसरी सुरक्षाकर्मीहरुले समेत तस्करीमा बढवा दिएको स्थानीयको गुनासो छ । संविधान र प्रदेश सीमाङ्कनको विरोध गर्दै मधेशी मोर्चाले विगत १०४ दिन देखि अनिश्चितकालिन मधेश बन्द र झण्डै ६४ दिन देखि नेपाल भारत नाका नै ठप्प पारेका कारण भारत रक्सौल नाका भएर पेट्रोलियम पदार्थ तथा ग्याँस बुलेटको ढुवानी हुन सकेको छैन । वीरगञ्जको सिमावर्ती सहर रक्सौलबाट नेपालका लागि आयात गरिएको करिब २ सय वटा ग्याँस बुलेट वीरगंजको सिमावर्ती सहर रक्सौलमा थन्किएको छ । जसका कारण पर्साका ग्याँस पसलहरु बन्द भएका छन् । अभावको मौका छोपेर कारोबोरीहरुले तस्करी गरेर ल्याएको ग्याँस दोब्बर तेब्बर मुल्यमा खरिद गर्न बाध्य भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप