आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

मधेसी मोर्चाका कार्यकर्ताले सर्वसाधारणलाई जिउँदै जलाए

बिहीबार, १० मङ्सिर २०७२, १३ : १५
बिहीबार, १० मङ्सिर २०७२

विराटनगर– यहाँस्थित भाथिगछ गाविसमा मधेसी मोर्चाका कार्यकर्ताले एक सर्वसाधारणलाई जिउँदै जलाएका छन् ।

बन्दको अबज्ञा  गरि भारतबाट पेट्रोल ल्याएको भन्दै भाथिगछ–७ का सर्वसाधारण २८ वर्षीय बब्लु राजबंशीलाई आज जलाएका हुन् ।

मोर्चाद्वारा जलाइएका उनी गम्भीर घाइते छन् ।

उनको शरीरको आधा भाग जलेको छ । जर्किनमा पेट्रोल ल्याएका उनीसँग मोर्चाका कार्यकर्ताले माग्दा नदिएपछि सोहि पेट्रोल खन्याएर आगो लगाइदिएका थिए ।

पेट्रोल छर्केर आगो लगाइएका राजवंशीको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ। उनलाई उपचारको लागि कोशी अंचल अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भवन हुन नसकेपछि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान लगिएको छ।

भाथीगाछी भारतसँग सीमा जोडिएको छैन तर यहाँका बासिन्दाले आवश्यक सामान भारत नै पुगेर ल्याउने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप