मन्त्रीलाई पैसा खुवाएर डिपो प्रमुख भएका आयल निगमका ‘दुईभाई’ को भ्रष्टाचार फेहरिस्त
काठमाडौं–नेपाल आयल निगमले कारर्वाही गरी केन्द्रमा तानेका भलवारी डिपो प्रमुख दिनेश कुमार यादव र नेपालगञ्ज डिपो प्रमुख श्रीचन्द्र श्रेष्ठ यसअघि पनि ठूलो कार्वाहीमा परेका बेला मन्त्रीलाई घुस खुवाएर डिपो प्रमुख भएको तथ्य खुलेको छ ।
उनीहरुले भारतीय नाकाबन्दीको बेलामा पनि राष्ट्रिय हित भन्दा कमिसन र अनियमितितामा लागेपछि नेपाल आयल निगमले कार्वाही गरी केन्द्रमा तानेको हो । कार्वाहीमा परेका उनीहरु यसअघि पनि ३ करोड रुपैयाँ दुरुपयोग गरी कार्वाहीमा परेका थिए । तर आर्थिक प्रलोभनमा माथिल्लो निकायलाई प्रभाव पारेर काम लिन सफल उनीहरु दुवै जनालाई निगमको कार्वाहीमा परेकै बेला यसअघिका वाणिज्यमन्त्री सुनिल बहादुर थापाले डिपो प्रमुख बनाई पठाएको खुलेको छ । आयल निगम श्रोतका अनुसार उनीहरुले २ करोड रुपैयाँ दिएर डिपो प्रमुख भएका थिए । ‘पहिला दुई जनाबीच पचास लाख रुपैयाँको वार्गेनिङ्ग चलिरहेको थियो’ निगमका एक उच्च अधिकारीले भने ‘मन्त्रीले नमाने पछि एक एक करोडमा कुरो मिलेको हो ।’ कसरी डिपो प्रमुख भएका थिए ? उनीहरु २०६५–६६ सालमा नेपाल आयल निगमको अमलेखगंज डिपोमा एकै कार्यालयमा थिए । यादव क्षेत्रीय प्र्रमुख थिए भने श्रेष्ठ उपप्रमुख पदमा कार्यरत थिए ।
उनीहरुको भ्रष्ट प्रबृत्ति एकदम मिल्दोजुल्दो भएको कारण आयल निगममा उनीहरुलाई ‘निगमका दुईभाई’ भनेर सबै कर्मचारीले चिन्ने गर्छन् । यादव र श्रेष्ठ दुवैजना संगै रहेको बखत २०६५–६६ सालमा डिपोको लागि निर्धारित वार्षिक नोक्सानी लक्ष्य दुुरुपयोग गरी करीव ३ करोड बराबरको पेट्रोलियम पदार्थ अपचलन गरेको आरोपमा निगम व्यवस्थापनले निलम्बन गरी कारवाही प्रकृया प्रारम्भ भएको थियो ।
तत्पश्चात निजहरुको अन्तिम कारवाही प्रकृया चलिरहेको छ । अन्तिम कार्वाहीको लागि प्रकृया चलिरहेको बखत श्रेष्ठ–यादव तत्कालिन वाणिज्य तथा अपूर्तिमन्त्री सुनिलबहादुर थापालले आर्थिक लाभ लिई उनीहरुमध्ये श्रेष्ठलाई नेपालगञ्ज र यादवलाई भलवारी पठाईए । श्रेष्ठले गरेको अनियमितता पछिल्लोपटक देशमा संकट परिरहेको बेला आफू कमिसन र अनियमितामा लागेर जनतालाई दुःख दिने गरेको आरोपमा निगमले उनलाई कार्वाही गरेको थियो । निगमका उच्च अधिकारीका अनुसार उनलाई कार्वाही गर्नुको कारण हरु धेरै छन् । त्यसमध्ये मुख्य कारण यी हुन्ः- श्रेष्ठ नेपालगञ्ज डिपो प्रमुख रहँदा भारतको आघिषित नाकाबन्दीको कारण ई्रन्धन आपूर्तिमा असहजता उत्पन्न भएको मौका छोपी अनियमतित तरीकाले पेट्रोल विक्री वितरण गरीरहेको प्रमुख जिल्ला अधिकारी बेद प्रसाद लेखकले फेला पारे ।
- श्रेष्ठले डिजेल पेट्रोलको वितरण गरी लाखौँ रुपैयाँ अनियमतिता गरेपछि प्रमुख जिल्ला अधिकारले आफ्नै सिफारीसमा अतिरीक्त आर्थिक लोभ नलिई तेल दिने व्यवसथा मिलाए ।
- कालोबजारी गरेको प्रमाण भेटिएपछि श्रेष्ठमाथी पुनराबेदन अदालतमा दर्ता भएको कालोबजारी बिरुद्ध रीट दायर भई अहिले कार्वाहीको प्रकृया चलिरहेको छ ।
- प्रमुख जिल्ला अधिकारीले अतिरिक्त आर्थिक लोभ नलिई तेल दिने गरपछि रिसाएका श्रेष्ठले भारतको गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लोड गर्न ट्याकरहरु नपठाएर रोकी राखेका थिए ।
दिनेश कुमार यादव २०७१ साल साउन २६ गतेदेखि भलवारी डिपो प्रमुख भएका यादवले पनि ठूलो अनियमतिता गरेको आरोपमा निगमले दोश्रो पटक कार्वाही गरेको हो । उनले निगमको क्षेत्रीय प्रमुखको अधिकार दुरुपयोग गरी त्यस क्षेत्रका विक्रेताहरुलाई आफ्नो छोरी अनिता यादवको बिबाहको खर्च व्यहोर्न लगाएका थिए । उनले पेट्रोलपम्प व्यवसायीहरुबाट रकम लिई मणिग्रामका रहेको ड्रिमल्याण्ड रेष्टूरेण्टमा छोरीको विबाह सम्पन्न गराएपछि कतिपय विक्रेताहरुसंग उनको सम्बन्ध चिसिएको थियो । पछिल्लो पटक भारतको नाकाबन्दीका समयमा पेट्रोलियम पदार्थको असमान वितरण गरी डिलरमार्फत सिधै उद्योगहरुमा पु¥याई मोटो कमिसन लिएको प्रमाण फेला परेपछि निगमले उनलाई कार्वाही गरेको छ । निगमका अधिकारीहरुले रातोपाटीलाई दिएको जानकारी अनुसार उनले गरेको अनियमितताका प्रमाणहरु यसप्रकार छन्ः
१) बालाजी आयल स्टोर्स, सिताराम बिहारीलाल ट्रेडर्स, जय लुम्बिनी आयल स्टोर्स आदिलाई अघिल्लो आर्थिक वर्षमा विक्रेताको विक्री भन्दा करीव २ सय प्रतिशत बढी पेट्रोलियम पदार्थ उपलब्ध गराएको ।
२) मापदण्ड नै नपुगकोरुद्रावती आयल स्टोर्सलाई अनुमति, र हरेराम कसौधनको नाममा रवि आयल (प्याक्ड विक्रेता) को विक्रीस्थल परीवर्तन गर्दा आर्थिक लाभ लिई चलखेल गरेको ।
३) अजमेरी आय स्टोर्स परासीलाई मापदण्ड नपु¥याएको भएपनि पेट्रोल पम्प थप गर्न अनुमति दिँदा घुस लिएको ।
४) पम्मका लागि जग्गाको मोहडा ४० मिटर हुनुपर्ने नियम भएपनि श्याम सुन्दर आयल डिस्ट्रिव्यूटर्स को ३४ दशमलव ६ मिटर मोहडामा विक्रीस्थल परीवर्तन गरी १० लाख ५० हजार घुस खाएको । (उनले पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका जिम्मेवार पदाधिकारीमार्फत घुस खाएको प्रमाणको अडियो रातोपाटीसंग सुरक्षित छ ।) ५) तीन महिना अघि सरुवा भएकाक्षेत्रीय डिपोका सहायक प्रवन्धक कल्पना श्रेष्ठतथा बरीष्ठ सहायक बिरेन्द्र यादव (लेखा) लाई सरुवा भएको कार्यालयमा रमाना नदिएको । उनीहरुलाई प्रयोग गरी ढुवानी कमिसन मार्फत २ प्रतिशत बुझ्न लगाई सो रकम आफूले संकलन गरेर बाँडेको । ६) यादवले अनियमितता गरेर हैरान पारेपछि पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनको कार्यसमिति बैठकले नै निर्णय गरी सरुवा माग गरेको । (हेर्नुहोस्ः विज्ञप्ती)
७) हामा आयल र कामाख्या आयलले २०७२ कार्तिक ९ गते नेपाल आयल निगममा डिजल उपलब्ध गराउनका लागि दिएको निवेदनका आधारमा नेपाल आयल निगमले २०७२ साल कार्तिक ९ गतेको तोक आदेश दिई दुबैलाई १२ किलोलिटर डिजल उपलब्धगराउन भनेकोमा यादवले कामाख्यालाई नदिई हामालाई मात्र १२ हजार केएल डिजल दिएको । उक्त कार्यगरेबापत हामाका प्रोप्राईटर येशु प्रधानसंगबाट ५० रुपैयाँ प्रतिलिटर कमिसन लिई २०७२ मंसिर ३ गते ट्याँकर लोड गरेको । ८) पार्टी विलिङ्ग भई आएका पम्पहरुबाट ईन्धन विक्रीनगरी सोझैचर्को कमिसन लिएर अन्य होटल, हाईड्रोपावर, उद्योग आदिलाई विक्री गरेको र पहाडी जिल्लामा पठाउने गरेको । उक्त कार्यवापत ६ लाख लिटर डिज पेट्रोल भलवारी डिपोबाट अन्यत्रै पठाएको फेला परेपछि अनुसन्धानको क्रममा ना.४.ख ७१४५ नम्बरको ट्याँकर पक्राउ परेको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण