भारतको नाकाबन्दीले ई-रिक्साको माग बढ्यो
वीरगञ्ज–मधेशी मोर्चाको अनिश्चितकालिन बन्द र नाकाबन्दीका कारण इन्धनको अभाब बढ्दै गए पछि इ रिक्साको माग बढ्दै गएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघिय समावेशी मधेशी गठबन्धनले गर्दै आएको अनिश्चितकालिन बन्द र नाकाबन्दीका कारण पेट्रोलियम बाट चल्ने सबारी साधनको सट्टा विद्युतिय उर्जाबाट चल्ने सवारी साधनहरुको माग बढ्दै गए पछि भारत तथा चिनबाट त्यस्ता रिक्सा ल्याएर विक्री गर्ने क्रम ह्वातै बढ्दै गएको छ । पछिल्ला दिनहरुमा ब्यबसायीहरुले वीरगंजमा विद्युतिय उर्जाबाट चल्ने सबारीको उत्पादन समेत शुरु गरेका छन । वीरगंजको छपकैयामा रहेको इलेक्ट्रोनिक रिक्सा उद्योगले ब्याट्रीबाट चल्ने रिक्साको उत्पादन शुरु गरेको छ । भारत तथा चीनबाट कच्चा पदार्थ तथा उपकरणहरु ल्याएर उद्योगले धमाधम इ रिक्सा उत्पादन गरी बजारमा पठाई रहेको छ । ब्याट्रीबाट चल्ने रिक्साहरुलाई पेट्रोलियम पदार्थको आवस्कता पर्दैन । मधेश आन्दोलनका कारण टेम्पो, माइक्रोबस लगायत इन्धनबाट चल्ने अन्य सार्वजनिक यातायातका साधनको बन्द भएपछि ब्याट्रीबाट चल्ने इ रिक्साका कारण यात्रुहरुको जनजिवन सह जबनेको छ । ब्याट्रिबाट चल्ने रिक्सा करिब ६५ वटा छन । इ रिक्सा वीरगंज लगाएत ग्रामिण भेगमा समेत चल्न थालेका छन् । एक पटक ब्याट्री चार्ज गरे पछि ६० देखी ८० किलोमिटर सम्म चल्ने गरेको इ रिक्सा चालक हरि पासवानले बताए । मधेश बन्दका कारण वीरगंजमा इ रिक्सामा यात्रुहरु चढ्न थालेको चालक पासवानले रातोपाटी संग कुराकानी गर्दै बताए । बन्दका कारण दिन भरिमा १५ सय देखी दुई हजार सम्म कमाई भईरहेको समेत चालक पासवानले बताए । त्यसैगरी अर्का ई रिकसा चालक शत्रुधन पटेलले बैशाखमा आएको भुकम्प पछि बैकबाट २ लाख ५० हजार ऋणमा लिएको इ रिक्सा तर दिन भरीमा २ सय देखी तीन सयको हाराहारीमा कमाईनथ्यो त्यस बेला त बैकको ऋण पनि तिर्न गाह्रो हुन्थो तर मधेश आन्दोलमा पेट्रोलियम पदार्थका सवारी साधन बन्द भएपछि यात्रुहरुले ई रिक्सामा चढ्न थालेका कारण अहिले दिनको १४ सय देखी १६ सय सम्म कमाई हुन थालेपछि बैंकको ऋण समेत चुक्ता गरी सकेको बताए । ब्याट्रिबाट चल्ने ई रिक्सा व्यवसायबाट वीरगंजम मात्रै करिब ६५ जनाले रोजगारी पाएका छन । इन्धनको अभाब, बढ्दो बाताबरण प्रदुषण र बेरोजगारीको अन्त्यका लागी नेपाल सरकारले ब्याट्रीबाट चल्ने ई रिक्साका सवारी साधनलाई प्राथमिकतामा राख्नुपर्ने वीरगंजबासीहरु बताउँछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण