‘भारतको आचरणले दक्षिण एसियाको शान्ति खलबलिन थालेको छ’
बिहीबार, १० मङ्सिर २०७२, १५ : ००
काठमाडौं–भारतीय सीमा सुरक्षाबलले सुनसरी जिल्लाको हरिपुरस्थित पूर्विटोलमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएको र चार जना नेपाली नागरिकलाई घाइते तुल्याएको घटनाप्रति मानव अधिकार तथा शान्ति समाजले भत्सर्ना गरेको छ ।
समाजले एक विज्ञप्ती जारी गर्दै सो को भत्सर्ना गरेको छ । समाजको विज्ञप्तीमा भनिएको छ, ‘एउटा स्वतन्त्र एवम् सार्वभौम राष्ट्रमा अनधिकृत रुपमा प्रवेश गरी भारतीय सुरक्षाकर्मीहरुले गोली चलाउँनु अपराध हो भने, यसले भारतको आक्रामक एवम् असहिष्णु चरित्रपनि उदाङ्गो पारेको छ ।’
विज्ञप्तीमा भारतको गलत प्रवृत्तिले दक्षिण एसियाकै शान्ति खलबलिन थालेको भन्दै यदि त्यस्तो होइन भने नेपालमाथि लगाएको नाकावन्दी तत्काल अन्त्य गरी, घाइतेहरुलाई क्षतिपूर्ति प्रदान र नेपाली भुमिमा प्रवेश गरी गोली चलाउँने भारतीय सुरक्षाबलका व्यक्तिलाई कार्वाही गरी आफू शान्ति, अहिंसाको पक्षमा रहेको पुष्टि गर्न भारतलाई चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण