'सरकारकै संलग्नतामा समानान्तर कालो अर्थतन्त्र फष्टायो'
काठमाडौं– राष्ट्रिय जागरण अभियान, नेपालले भारतीय नाकाबन्दीको मौकालाई उपयोग गरेर देशमा तिब्र रुपमा समानान्तर कालो अर्थतन्त्र फष्टाउँदै भएको दाबी गरेको छ ।
सो सो समानान्तर कालो अर्थतन्त्र फस्टाउनुमा सरकार र उसका कर्मचारीतन्त्रको नै संलग्नता रहेको अभियानको आरोप छ ।
अभियानले विहिबार एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘भारतीय नाकाबन्दीको मौकालाई उपयोग गरेर देशमा तिब्र रुपमा समानान्तर कालो अर्थतन्त्र फष्टाउँदै गएको छ । नेपाललाई धरासायी पार्ने योजनामा अघि बढेको कालो अर्थतन्त्रमाथि प्रभावकारी नियन्त्रणको संकेत नदेखिएको हुँदा यसमा शासक, दलहरु र कर्मचारीतन्त्र पनि संलग्न रहेको तथ्यमा कुनै संका रहन्न ।’
अभियानले भारतले सुनियोजित रुपमा नेपालमाथि नाकाबन्दी लगाएर भू–परिवेष्ठित देशले पाउनु पर्ने पारवाहन अधिकारको ठाडो उल्लंघन गरेको भन्दै सो मानवता विरुद्धको अपराध पनि भएको उल्लेख गरेको छ । तर, भारतीय नाकाबन्दीको यति समय भैसक्दा पनि सरकारले राजनीतिक एवं कुटनीतिक रुपमा कुनै ठोस कदम चाल्न सकेको नभएको अभियानको आरोप छ । यस्तो अवस्थामा देशभित्र तथा बाहिर रहेका सबै नेपालीहरु एकजुट भएर अन्तर्राष्ट्रिय मञ्चहरुमा तत्काल कदम चाल्न सरकारलाई घच्घच्याउनुपर्नेमा जोड दिएको छ ।
अभियानले संविधानमा देशको सार्वभौमसत्ता, अखण्डता, स्वाधिनता र जनताका वास्तविक समस्याहरुको समाधानका प्रश्नले कुनै स्थान नपाएको तथा रातारात एकाध दलहरुको चुनावी स्वार्थलाई केन्दमा राखि जारी गरिएको संविधानले विवाद ल्याउनु स्वाभाविक हो भन्दै निश्चित मापदण्डहरु बनाएर राष्ट्रिय हित अनुकूल नयाँ राजनीतिक प्रकृया सुरु गर्नुपर्ने माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण