आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

उत्पादक समाजको नेतृत्वका लागि सुवास रेग्मी प्यानलको घोषणा

बिहीबार, १० मङ्सिर २०७२, १५ : ४६
बिहीबार, १० मङ्सिर २०७२

काठमाडौं– नेपाल संगीत उत्पादक समाजमा नयाँ सुवास रेग्मी समुहले नयाँ नेतृत्वको दावेदारी प्रस्तु्त गरेको छ । शुक्रबार हुने समाजको पहिलो साधारण सभामा रेग्मी नेतृत्वको समूहले सम्पूर्ण पदमा आफ्नो उम्मेदवारी घोषणा गरको हो । प्यालनको उपाध्यक्षमा रामजी पन्त, महासचिवमा शिवराज पौडेल, सचिवमा इश्वर गुरुङ,कोषाध्यक्षमा रामकुमार शिवाकोटी रहेका छन् । त्यसैगरि सदस्यमा सुनिल लामिछाने, विमल अधिकारी, सहदेव कोइराला, केशव सापकोटा रहेकाछन् । संगीत क्षेत्रका धेरैको साथ र समर्थन रहेकोमा आफ्नो समुहलाई साथ दिन रेग्मीले सबैलाई अनुरोध गरेका छन् । संगीत क्षेत्रको विकास र रोयल्टी व्यवस्थापनमा मुख्य भूमिका निर्वाह गर्ने उत्पादक समाज गठन भएदेखि नै पटक पटक विबादमा आएको थियो । समयमा नविकरण नगर्नाले खारेजीमा परेको समाज कम्पनी रजिष्ट्रारको कार्यालयमा रोईकराई गरी पुनः व्यूँताईएको संस्था हो । गैर जिम्मेवार काम गरेको भन्दै तत्कालिन पदम बहादुर बुढा नेतृत्वको कडा आलोचना भएको थियो । खारेजीमा परेको संस्थालाई व्युँताएर संगीत उत्पादकहरुको हितका लागि रेग्मीले गरको पहल प्रसंनिय भएकोले उनकै पक्षमा मतदान गर्ने अधिकाँस संगीत उद्योगीहरुले बताएका छन् । उनका प्रतिस्पर्धिका रुपमा अहिलेसम्म कसैले दावेदारी सार्वजनिक गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप