स्थानीयको अवरोधले नगरपालिकाको फोहोर व्यवस्थापनमा चुनौति
दाङ–तुलसीपुर ११ अश्वाराका स्थानियहरुले गाउँमा फोहर फाल्न नदिने भएका छन् । तुलसीपुर नगरपालिकाले जथाभावि फोहोर फालेर दुर्गन्ध फैलिँदा बस्न सक्ने अबस्था नरहेको भन्दै तुलसीपुर बजारबाट फोहर लिएर गएका गाडीलाई आफूहरुले फर्काइ दिएको स्थानिय टोपबहादुर विकले जानकारी दिए ।
तुलसीपुर बजारबाट संकलन गरेर लगेको फोहर छरपष्ट रुपमा फालेका कारण दुर्गन्ध र झिंगा भन्कीएर बस्न ग्राहो भएको फोहर पाल्ने ठाउँ देखि १०–१५ मिटर टाढाको दुरीमा रहेका डम्बर बस्नेतले बताए । ‘घर अगाडि ल्याएर नगरपालिकाले फोहर पाल्छ, त्यसको गन्धले एक छिन पनि घरमा बस्न सकिदैन, हामी कहाँ गएर बस्ने ? ’ गुनासो गर्दै उनले भने । तुलसीपुर नगरपालिकाले एक जना स्थानिय संग समन्वय गरेर उनकै जग्गामा विगत डेढ महिना देखि फोहर फाल्दै आएको छ । एक जना व्यक्तिका कारण सिंगो गाउँका हजारौ नागरिकको स्वास्थयमा प्रतिकूला असर पुग्ने भन्दै विच गाउँमा कुनै पनि हालतमा फोर फाल्न नदिने स्थानीयको अडान छ । ‘एक पटक गाडी फर्काइ दिएका र बल प्रयोग गरेर पुनः फोहर ल्याए गाडी जलाई दिने चेतावनी समेत स्थानीयले दिएका छन् ।
तुलसीपुर बाघमारे सडक खण्ड अन्तर्गत श्वाराको उकालो नजिकै फोहोर फाल्दा सोही बाटो भएर आवातजावत गर्ने नागरिकहरु नाक बुझेर हिड्न बाध्य छन् भने छेउँछाउँका घरहरुमा झिंगा भन्कीने गरेको स्थानियको भनाई छ । सडेगलेका, मरेका सिनो पनि कुकुरले निकाल्दा झनै वातावरण प्रदुण बन्दै गएको भन्दै हैजा फैलीने सक्ने भन्दै स्थानिय त्रासमा रहेका छन् । डम्पीङक साइडमा फोहर फाल्ने वित्तिकै माटोले पुर्ने, त्यसको माथीबाट गिट्टि बिछ्याउने र र दिनमा ३ पटक सम्म फिनायल,किटनासक औषधी छर्कीने नगरपालीकाले बताए पनि त्यसो नगरेको उनिहरुको आरोप छ ।
यता तुलसीपुर नगरपालीकाले स्थानियले लगाएको अरोप गलत भएको बताएको छ । वातावरण शाखाका खिमकान्त पाण्डेले तुलसीपुरबाट लगेको फोहरलाई फाल्ने वित्तकै माटो र गिट्टीले पुरेर किटनासक औषधी छिट्ने, गरेको बताए । वातावरण प्रदुषण हुन नदिन स्थानिय एक व्यक्तिलाई ज्याला दिएर औषधी छिट्न त्यही खटाएको उनको भनाई छ ।
फोहरको व्यवस्थापन गर्न चुनौति स्थानियले अबरोध गरे पछि बजारबाट निस्कने दैनिक ८–१० टन फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता नगरपालीकालाई परेको छ । फोहर व्यवस्थापनका लािग नगरपालीकाले बर्षेनी ५० लाख रुपैया भन्दा बढी खर्च गर्ने गरेको छ । डम्पीङसाइडा निर्माणका लागि २०६८ लाखमा ७२ लाखमा फुलबारीमा किनेको २ विघाह १८ कठ्ठा जग्गामा पनि स्थानियले फोहर फाल्न नदिए पछि त्यहाँको जग्गा बाँझै रहेको छ । नगरपालीकाले गरेको सहमति अनुसार काम नगर्दा यस्तो समस्या आउने गरेको कतिपयको भनाई छ । सुरुमा आवश्यकता भन्दा बढी आश्वासन दिने र सो अनुसार काम नगर्दा नगरपालीकाले फोहर फाल्नका लागि दिर्घकालीन ठाउँ पाउन नसकेको उनिहरुको भनाई छ ।
फोहरबाट मोहर निकाल्ने काममा नगरपालीकाले ध्यान नदिदा जुन सुकै ठाउँमा फोहर फाल्न गए पनि नगरपलीकालाई त्यहाँका जनताले अबरोध पु¥याउने गरेको तुलसीपुर नगरपालीका पूर्व उपमेयर घनश्याम पाण्डेले बताए । यो नगरापालीका मात्रैको भन्दा पनि सिंगो नगरबासीको समस्या भएको भन्दै उनले यसको दिर्घ समाधानका लागि फोहर फाल्ने र फालिमाग्ने दुबैलाई फाइदा पुग्ने काममा ध्यान दिनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण