नेपाल–भारतबीचको खुला सीमालाई नियन्त्रण गर्न वैद्य माओवादीको आग्रह
बिहीबार, १० मङ्सिर २०७२, १६ : १८
काठमाडौं– नेकपा क्रान्तिकारी माओवादीले राज्यद्वारा तराई–मधेसमा चलाइरहेको प्रशासनिक दमन बन्द गरी संविधान सम्बन्धी राजनीतिक विषयहरूलाई संवाद तथा सहमतिबाट समाधान खोज्न आग्रह गरको छ । सो पार्टीले एकब विज्ञप्ती जारी गरी उक्त आग्रह गरेको हो ।
पार्टी अध्यक्ष मोहन बैद्य ‘किरण’द्वारा जारी विज्ञप्तीमा सीमा क्षेत्रमा हुने हिंसात्मक गतिविधि रोक्न नेपाल–भारतबिचको खुला सीमालाई नियन्त्रण गर्न सरकारलाई विशेष आग्रह गरेको छ ।
सो पार्टीले केही दिन यता तराई–मधेस र भारतसँगको सिमावर्ती क्षेत्रमा हिंसात्मक घटनाक्रम बढ्दै गइरहेको र त्यसबाट मुलुकको राष्ट्रिय स्वाधीनतामाथि गम्भीर समस्या पैदा भएको भन्दै समस्याहरूलाई गम्भीरताका साथ लिएर समस्याको सम्बोधन र जनताका हक–अधिकारका लागि हामी सरकारसँग माग गरकोछ ।
माओवादीले सप्तरीमा सरकारले गोली चलाएर चार जनाको हत्या गरेको र भारतले सुनसरीमा चार जनालाई घाईते बनाएको भन्दै दुवै घटनाको विरोध गरेको छ । ‘उक्त घटनाको छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न, घाइतेहरूको शीघ्र उपचार तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गर्दछौँ ’ विज्ञप्तीमा भनिएको छ ‘हिजो सुनसरीको भाण्टावारीमा भारतीय सीमा सुरक्षा बलका जवानहरू हतियारसहित नेपाल प्रवेश गरी अन्दाधुन्द गोली चलाएर ४ जना नेपालीहरूलाई निर्मम रूपमा घाइते बनाइएको घटनाको अविलम्ब छानबिन गरी दोषीमाथि कूटनीतिक माध्यममार्फत कडा कारवाहीको व्यवस्था गर्न विशेष जोड दिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण