आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एनसेलले ल्यायो ‘कतारबाट कल आयो पैसा पायो’ अफर

बिहीबार, १० मङ्सिर २०७२, १७ : ०१
बिहीबार, १० मङ्सिर २०७२

काठमाडौं–देशकै प्रमुख मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि थप आकर्षक बोनसका साथ कतारबाट कल आयो पैसा पायो नामक अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्रहकले अब कतारबाट आएको हरेक अन्तर्र्रािष्ट्रय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् । यहि मंंंसिर ८ गतेबाट देशव्यापी रुपमा लागु भएको यस योजनामा एनसेलका हरेक ग्राहकले अब कतारबाट आएको कल लिई कुरा गर्दा पहिलो ५ मिनेट सम्म हरेक मिनेट रु. १ को दरले प्रत्येक मिनेट बोनस पाउनेछन् । त्यस्तै छैठौं मिनेट देखि दशौंसम्म हरेक मिनेट रु ५ को दरले बोनस पाउनेछन् । यसरी कतारबाट आगमन कलमा कुरा गर्दा एक पटकमा अधिकतम १० मिनेटसम्म बोनस प्राप्त हुनेछ र ग्राहकले एक पटकमा अधिकतम रु. ३० सम्म बोनस प्राप्त गर्नेछन् । यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न एसएमएस, एमएमएस पठाउन तथा इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजनामा निःशुल्क सुचारु गरी सहभागी हुन सक्छन ् । “विदेशमा रहेका साथीभाई तथा आफन्तजनसँग फोनमा कुरा गर्दा हामीलाई निकै खुशी लाग्छ । यस कतारबाट कल आयो, पैसा पायो योजनाले कतारमा रहेका आफन्तले गर्ने हरेक कलमा आकर्षक बोनस पनि प्राप्त हुने हँुदा यसले घरमा रहेका सदस्यहरुलाई विशेष लाभ प्रदान गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विद मिलन शर्माले भने । यो योजना यही मंसीर ८ गतेबाट शुरु भई बढीमा तीन महिना सम्म लागु हुनेछ । एनसेल कनेक्ट प्रयोगकर्ता बाहेक एनसेलका सबै ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप