बाँच्न पाउने अधिकारको सम्मान गर्न एनआरएनको आग्रह
बिहीबार, १० मङ्सिर २०७२, १७ : १५
काठमाडौँ - गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण तीन महिनादेखि दैनिक लाखौं मानिसको रोजीरोटी गुमेको र बाँच्न पाउने अधिकार कुण्ठित भएको भन्दै नेपाली नागरिकको बाच्न पाउने अधिकारको सम्मान गर्न आग्रह गरेको छ ।
नाकाबन्दीले सिर्जना गरेको मानवीय संकटबारे अन्तराष्ट्रिय जगतलाई जानकारी दिने उदेश्यले थालेको अभियानको तेस्रो दिन एनआरएनले बाच्न पाउने अधिकारको रक्षा गर्न आग्रह गर्दै प्रचार सामाग्री सार्वजनिक गरेको छ ।
'दैनिक ज्यालादारी गरेर आफु र आश्रति परिवार पाल्नुपर्ने लाखौं नेपालीहरु खान नपाउने अबस्थामा पुगेका छन, उनीहरुको रोजगारी खोसिएको छ' एनआरएन अध्यक्ष शेष घलेले भने - 'आन्दोलनको केन्द्रमै रहेका मुख्य औद्योगिक क्षेत्रमा काम गर्ने मजदुरको अबस्था निकै भयावह बन्दै गइरहेको छ ।'
उद्योगधन्दा र ब्यापारिक प्रतिष्ठानहरु संचालन हुन नसक्दा धेरै मजदुर स्थायीरुपमै जागिर गुमाउन परेको भन्दै अध्यक्ष घलेले उनीहरुमा आश्रति दशौं लाख महिला तथा बालबालिकाको जीवनयापन कठिन बनेको बताए ।
यस्तो गम्भिर पस्थिीतिलाई ख्याल गर्दै नेपालमा मानवीय संकट समाधानका लागि पहल गर्न र मानवीय सहायतको हात अगाडी बढाउन उनले अन्तराष्ट्रिय मानवीय तथा दातृसंस्थाहरुलाई आह्वान गरे ।
गैरआवासीय नेपाली संघले नाकाबन्दीका कारण सिर्जित मानवीय संकटको वास्तविकता अन्तराष्ट्रिय समुदायलाई जानकारी दिन 'नेपाल चाहान्छ, हामीलाई जस्तो तिमीलाई नपरोस्' भन्ने अभियान सुरु गरेको छ ।
बिभिन्न देशमा हुने विरोध प्रर्दशन तथा सामाजिक संजालमार्फत् यस्तो अभियान चलाएर अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन एनआरएनले यो अभियान थालेको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण