आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एनसेल एप क्याम्प २०१५ को विधागत सेमिनारहरु सम्पन्न

बिहीबार, १० मङ्सिर २०७२, ११ : २१
बिहीबार, १० मङ्सिर २०७२

काठमाडौं-नेपालको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले सामाजिक उत्तरदायित्त्व अन्तर्गत आयोजना गरेको एप क्याम्प २०१५ मा युटिलिटिज् विधाका प्रतियोगीका लागि थिमेटिक सेमिनार आयोजना गरेको छ । यससँगै यस वर्षको एप क्याम्पको विधागत सेमिनारहरु सम्पन्न भएको छ । बैंकर, प्रहरी र एप डेभेलपरहरुको उपस्थिति रहेको बुधबार राजधानीमा आयोजित उक्त सेमिनारबाट प्रतियोगि समुहहरुले युटिलिटिज् एपका विभिन्न मोडलहरुको जानकारी पाएका थिए । एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटीज् गरी ४ वटा विधाहरु राखिएको छ । “तपाँईले जे गर्नुहुन्छ मन लगाएर गर्नुहोस् एउटा एपमा आफ्नो सम्पुर्ण क्षमता लगाउनुहोस् ।” सेमिनारका प्रमुख वक्ता एनसेलका प्रणय राज आचार्यले भने । अन्य एपहरुले पैसा कमायो भन्दैमा यतिकै एप निर्माणमा लाग्न नहुने उनले जानकारी दिए । गोष्ठीमा विज्ञका रुपमा नेपाल प्रहरीका उपरीक्षक रबिन बस्न्यात, नेबिल बैंकका रमेश प्रसाद लोहनी, रियल टाइम सोलुसन्स्का रञ्जन श्रेष्ठ, विधिका सुभाष सापकोटा र एनलोकेटका मनोज घिमिरेको उपस्थिती रहेको थियो । गोष्ठीमा बस्न्यातले नेपाल प्रहरीको एपको बारेमा जानकारी दिएका थिए । “स्पष्ट उदेश्य र गहन खोज पश्चातमात्र कुनै एपको निर्माणमा लाग्नु उपयुक्त हुन्छ ।” उनले भने । त्यसैगरी नेबिल बंैकका लोहनीले वित्तिय संस्थाहरु सदा सुरक्षित, भरपर्दो र आफुहरुले दिईरहेको सेवाहरुलाई थप उपयोगि बनाउने खालको नयाँ प्रविधिको खोजमा रहेको बताए । चार वटा विधामा छानिएका १५० समुहहरुलाई एनसेल एप क्याम्प अन्र्तगत बजारीकरण सम्बन्धि गोष्ठी यहि सोमबार आयोजना हुनेछ । यसपटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् । सेमिनार र तालिममा भाग लिएपछि प्रतियोगीहरुले आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्बन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागीहुनका लागि छान्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ । फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट विजेताले थप ५ लाख रूपैयाँको थप नगद पुरस्कारसहित २०१६ मा हुने अन्तर्रा्ष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप