आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

प्रभु बैंकको तम्घासमा नयाँ शाखा

बिहीबार, १० मङ्सिर २०७२, १७ : २८
बिहीबार, १० मङ्सिर २०७२
काठमाडौं– प्रभु बैंकले गुल्मी जिल्लाको तम्घासमा बैंकको शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । बैंकका संचालक दक्ष पौडेलले आज एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । गत वर्ष सम्पन्न मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये वुटवल शाखा कार्यालयलाई तम्घासमा स्थानान्तरण गरिएको हो । मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको बैंकले जनाएको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु संचालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिंङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ । यस आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा बैंकले रु.४६ अर्ब निक्षेप र रु.३० अर्ब कर्जा प्रवाह गरि रु.२६ करोड खुद मुनाफा आर्जन बैंकले गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप