आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

चुरे भावरले भन्योः मधेसी मोर्चाले राजमार्ग बन्द गरे प्रतिकार गर्छौं

बिहीबार, १० मङ्सिर २०७२, १७ : ४०
बिहीबार, १० मङ्सिर २०७२
रौतहट – चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल तथा स्थानीयबासीले बिहीवार रौतहटको चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध गर्दै प्रर्दशन गरेका छन् । प्रर्दशनपछिको सभामा पार्टीका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेहरु देखि सचेत हुन आग्रह गर्दै मधेशी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन गर्न नदिने चेतावनी दिए । कुनै पनि हालतमा राजमार्ग बन्द गर्न नदिने र मोर्चाले निहु खोजे प्रतिकार गर्ने समेत अध्यक्ष न्यौपाने चेतावनी दिएका छन् । प्रर्दशनमा चन्द्रपुर नगरपालिकाको बिभिन्न गाँउहरुबाट चन्द्रनिगाहपुरमा जम्मा भएका मानिसले राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी भएका थिए । र्यालीमा सहभागीहरुले जातीय सद्भाव कायम गरौ , नाकाबन्दी फिर्ता गर , चुरेभावर प्रदेश कायम गर लगाएको नारा लगाउदै चन्द्रनिगापुर बजार परीक्रमा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप