आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जिउँदै मान्छे जलाउनेलाई इटहरी प्रवेश गर्न नदिने भनेपछि उपेन्द्र यादव कार्यक्रममा आउने नआउने अन्यौलमा

शुक्रबार, ११ मङ्सिर २०७२, १५ : ३९
शुक्रबार, ११ मङ्सिर २०७२
इटहरी– संविधानको विरोध गर्दै आएका मधेसी मोर्चासहितको संघीय गठबन्धनले इटहरीमा गर्न लागेको विरोध सभामा उपेन्द्र यादव आउने नआउने अन्यौलमा छन् । कार्यक्रमको लागि तयार गरेको मञ्च बिहानै विद्यार्थी संगठनले आगजानी गरी जलाइदिएपछि उनी आउने नआउने भनेर अन्यौलमा परेका हुन् । यादव विराटनगरमा भएको जानकारी आएपनि उनी अझै त्यहाँबाट इटहरी हिँडेका छैनन् । सो कार्यक्रममा राजेन्द्र महतो, महन्थ ठाकुर पनि सहभागि हुने कार्यक्रम थियो । तर, उनीहरु नआउने जानकारी आइसकेको छ । अहिले पनि कार्यक्रम स्थल वरीपरी तनाव छ । जिउँदै मानिस जलाउनेलाई इटहरीमा प्रवेश गर्न नदिने भन्दै मधेसी मोर्चाविरुद्व नाराबाजी गर्दै बाक्लो संख्यामा मानिसहरुको उपस्थिति छ । कार्यक्रम स्थल वरीपरी बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप