दासानायके नेपालबाट बिदा हुँदै
शुक्रबार, ११ मङ्सिर २०७२, १५ : ५९
काठमाडौँ–नेपाली क्रिकेट खेललाई नयाँ उचाइमा पु¥याएका राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायके आफ्नो प्रशिक्षण यात्रालाई पूर्णविराम लगाउँदै भोलि शनिबार नेपालबाट बिदा हुँदै छन् ।
नेपालमा करिब चार वर्ष प्रशिक्षकका रुपमा बिताएका दासानायकेले नेपाली क्रिकेट खेलको स्तरोन्नति गर्दै नेपालबाट बिदा हुन लागेका हुन् । सन् २०११ सेप्टेम्बरमा नेपाल आएका दासानायकेकै नेतृत्वमा नेपालले डिभिजन चारबाट उक्लेर डिभिजन एकसम्मको यात्रा तय गर्न सफल भएको थियो ।
त्यस्तै, उनकै नेतृत्वमा नेपाली टोलीले बङ्गलादेशमा भएको ट्वेन्टी–ट्वेन्टी विश्वकपसमेत खेल्ने अवसर प्राप्त गरेको थियो । नेपाललाई एक दिवसीय वरियता दिलाउने मूल लक्ष्य पूरा गर्न भने उनी चुकेका थिए ।
प्रशिक्षक दासानायकेले नेपाली खेलाडी निकै मेहनती भएको भन्दै प्रशंसा गरेका छन् । साथै उनले नेपाललाई एक दिवसीय वरियता दिलाउन नसकेकामा दुःख पनि व्यक्त गरका छन् । त्यतिबेला कप्तान पारसलगायतका केही महत्वपूर्ण खेलाडीहरु ‘फिट’ नभएका कारण पनि प्रतियोगितामा आफ्नो सोचाइअनुरुपको खेल प्रदर्शन गर्न नसकेको प्रशिक्षक दासानायकेको भनाइ छ । न्युजिल्यान्डमा भएको प्रतियोगितामा नेपालले खराब प्रदर्शन गरेपछि नेपालले उक्त अवसर गुमाएको थियो ।
दासानायकेको करार अवधि डिसेम्बरसम्म रहेको भएपनि विभिन्न कारण देखाउँदै उनले केही समयअघि राजीनामा दिएकाथिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण