आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

आतङ्ककारी विरुद्धको कारबाहीमा १७ तालिवान मारिए

शुक्रबार, ११ मङ्सिर २०७२, १६ : ०९
शुक्रबार, ११ मङ्सिर २०७२

काबुल–अफगानिस्तानमा त्यहाँको सुरक्षाबलले तालिवान सशस्त्र विद्रोहीका विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीमा १७ तालिवानको मृत्यु भएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिएको छ । देशका विभिन्न ठाउँमा भएका आतङ्ककारी विरुद्धका कारबाहीहरुमा ती व्यक्तिले ज्यान गुमाएका गृह मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टासम्म जारी राखेको कारबाहीमा ती तालिवान आतङ्ककारी मारिएकासो विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अफगान राष्ट्रिय सुरक्षाबल ९एएनएसएफ० ले बादख्सान कान्दाहार उरुजगान हेरात हेलमान्ड प्रान्तमा जारी सो कारबाहीको क्रममा १७ जना सशस्त्र तालिवान आतङ्ककारीको मृत्यु हुनुको साथै तीन घाइते भएका छन् ।

त्यस कारबाहीका क्रममा अरु केही तालिवानलाई पनि सेनाले पक्राउ गरेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानमा गत जनवरीदेखि नेटोसँग आवद्ध प्राय सैनिक फर्किसकेका र बाँकी रहेका सैनिकले पनि तालिवानसँग युद्धभूमिमा गएर युद्ध नगर्ने निर्णय गरेका छन् ।

सोही कारण पनि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा नै आएको छ । तर पछिल्लो समयमा अफगानिस्तानको सरकारले यो कारबाहीका लागि त्यहाँको प्रहरीलाई अघि सार्न थालेको छ ।

पछिल्लो समयमा तालिवानहरूले पनि अफगानिस्तानका विभिन्न स्थानमा सुरक्षाकर्मी र सरकारी अधिकारीहरूलाई लक्ष्यगरी आक्रमणलाई तीव्र पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप